चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने

चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने

चौतारा । भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक चौतारा, पूरानो बजारस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि कृष्णको मूर्तिलाई स्थानान्तरण गरिएको छ ।
१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको थियो । सोही वर्षको कृष्णजन्माष्टमीको अवसर पारेर अस्थायी टहरो निर्माण गरि पुजाआजा गर्दै आइरहेकोमा पुरातत्व विभागले प्रथम चरणमा २ करोड लगानीमा मन्दिर पुनर्निर्माण गरिने भएपछि बुधबार विहान क्षमा पुजासहित स्थानीयले मूर्तिलाई स्थानान्तरण गरिएको हो ।

No description available.


निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा वजेट विनियोजन भएपछि मन्दिर पुननिर्माण गर्न लागिएको श्री कृष्ण गुठीका गुठियार एवम् सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजूले जानकारी दिनुभयो ।
मन्दिरको शिलान्यास यही फागुन १२ गते विहान ९ बजे निर्वतमान सभामुख सापकोटाबाट हुने पनि पत्रकार कसजूले जानकारी दिनुभयो ।

No description available.


ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि स्थानीय खुशी छन् । भूकम्प गएको झण्डै सात वर्षपछि मन्दिर पुननिर्माण हुने लागेको हो । मन्दिर पुनर्निमाणका लागि अग्रज पत्रकार कसजू, पूर्व मेयर अमानसिं तामाङ, बहालवाल मेयर कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी वडा न ५ का निर्वतमान वडा अध्यक्ष नरमान श्रेष्ठ, स्थानीय सामाजिक एवम् साँस्कृतिक अभियान्ता हरिगोपाल श्रेष्ठ, कमलचरण कक्षपति, भू तथा जलधार कार्यालयका प्रमुख दिवाकर मास्के, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतले मन्दिर निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
मन्दिर पुरानै ढाँचा र शैलीमा निर्माण हुने इञ्जिनियर सुजन बुढाथोकीले जानकारी दिनु भयो । आरजिएस पञ्चस्तम्भ निर्माण कम्पनी, भक्तपुरले निर्माणको जिम्मेवारी लिएको छ भने यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको व्यवसायी सुरज शिल्पकारले जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पबाट मन्दिर ध्वस्त भएपछि स्थानीय राजेन्द्रभक्त प्रधानको सकृयतामा सो ठाउँमा टहरो निर्माण गरि पुजाआजा हुँदै आएको छ । हरेक वर्ष कृष्णजन्माष्टमीको अवसरमा यहाँ दुई दिन मेला लाग्दै आएको छ ।

No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्