जुगलको दिक्षान्त समारोह सम्पन्न

दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित हुनु भएको छ ।

चौतारा । जुगल बोर्डिङ हाइस्कूलको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

No photo description available.


प्रमुख अतिथि थापाले समारोहको उद्घाटन गर्दै चौतारा लगायत आसपासको शैक्षिक श्रीवृद्धिका लागि जुगल वोर्डिङ हाईस्कूलले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दिक्षान्त समारोहले शिक्षा आर्जनका लागि बालबालिकाहरुमा थप हौसला र प्रेरणा प्राप्त हुने बताउनु भयो ।

No description available.


दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित हुनु भएको छ । सो अवसरमा बालबालिकाहरुले आफना नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्य, प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष, अभिभाव र विद्यार्थीहरुको व्यापक उपस्थिति रहेका थिए ।

No description available.


शिक्षक पुकार उप्रेतिले सञ्चालन, सविना बुढाथोकीको स्वागत गरेको कार्यक्रमको सभापतित्व भने प्रिन्सिपल ओमप्रकाश उप्रतिले गर्नु भएको थियो ।

May be an image of 8 people, people standing and outdoors
May be an image of 6 people, child and people standing
May be an image of 6 people and people standing
No description available.
No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्