लैंगिक हिंसा न्यूनिकरणमा पुरुषको सहभागिता विषयक अभिमूखी कार्यक्रम सम्पन्न


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले दृष्टिकोण मात्रले लैंगिक हिंसाको अन्त्य नहुने बताउँनु भएको छ ।
नगर महिला सञ्जालद्वारा आयोजित लैंगिक हिंंसा न्यूनिकरणमा पुरुषको सहभागिता विषयक एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले महिला मात्रको अगुवाइमा महिला हिंसाको न्यूनिकरण हुन नसक्ने बताउँदै यसका लागि पुरुष आफै पनि लागि पर्नु पर्ने बताउँनु भयो । महिला पुरुष दुबैले गम्भीर भएर यस विषयमा सकारात्मक सोचका साथ कार्यान्वयनमा लैजान सके मात्र लैंगिक हिंसा न्यूनिकरण हुने उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयर सीता थापाले हरेक खाले हिंसाको अन्त्य नभई समतामूलक र सभ्य मूलुक बन्न नसक्ने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले हिजो भन्दा आज हिंसा न्यूनिकरण भएको जस्तो देखिए पनि खासमा सबैले खाले हिंसाले समाज अझै अक्रान्त बनिरहेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले महिला हिंसा न्यूनिकरणका लागि महिलाहरुको सहनशिलता, सामथ्र्य, विनयशिलता, कर्तव्यपराणताको पहिचान गरि सम्मान गर्दै विद्यालयस्तरमा नै महिलामैत्री पाठ्यक्रम बनाई अध्यययन अध्यापन गर्ने वातावरण निर्माैण गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा सिन्धुपाल्चोक प्रहरी प्रमुख बालनरसिं राना र इन्द्रराज भट्टराइद्वारा लैंगिक हिंसा बारे सहजीकरण गर्नु भएको थियो ।
सञ्जालकी सचिव तारादेवी रानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रीना श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सञ्जालकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्