स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
खाडीचौर । सुनकोसी गाउँपालिकाले किसानहरुलाई हिउँदे फलफूलको विरुवा वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, उपाध्यक्ष कान्छी तामाङ र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले संयुक्तरुपमा किसानहरुलाई ओखर, नासपाति, किबि, अनार,आरु ,जापानीज हलुवाबेद र लप्सी लगायतका हिउँदे फलफूलको विरुवा वितरण गरेका हुन् ।

स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

स्थानीय किसानहरुको आयआर्जनमा टेवा पु¥याउँदै समृद्ध पालिका निर्माणका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।
तस्वीर ः दिनेश थापा