शिक्षकहरु आन्दोलनमा हिँडेपछि बाल भेला स्थगित

शिक्षकहरू आन्दोलनमा हिंडेपछि बाल भेला स्थगितमोनिका बिक, चौतारा । शिक्षक आन्दोलनका कारण बाल भेला तथा बाल सन्जाल गठन नै प्रभावित भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाले भोलि शुक्रवार गर्ने भनिएको नगर बाल सन्जाल गठन तथा भेला स्थगित गरिएको हो ।चौतारा सागाचोकगढी नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज ५ गते गर्ने भनि तय भएको नगर बाल सन्जाल गठन तथा बाल भेला स्थगित भएको जानकारी दिइएको हो ।एकातिर शिक्षकहरु आन्दोलन गर्न राजधानी हिँडेपछि विद्यालय सुनसान बनेको छ भने अर्कोतिर शिक्षकहरूको अनुपस्थितिका कारण शिक्षासंग सम्बन्धित गतिविधिहरू पनि प्रभावित हुन थालेको छ ।चौतारा सागाचोकगढी…

टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पताल

chaina tibat

टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पतालटाउको माथि जडिबुटीको झुम्रो बालेर उपचार गर्दा स्टोक, उच्च रक्तचाप, माइग्रेन र टाउको दुखाईको उपचारमा प्रभावकारी हुन्छ भन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ तर चीनको सिचुआन प्रान्त, डाओचेङ काउन्टीको एउटा अस्पतालमा भने यसरी नै औषधी उपचार हुने गरिएको छ । डोओचेङ ( म्यबअजभलन ) काउन्टीको गान्जीस्थितको यो अस्पतालमा उच्च रक्तचाप, माइग्रेन, स्टोक र टाउको दुखाईको उपचारमा संलग्न चिकित्सक लुओ रोङ डियान झु चिनियाँ र तिब्बती परम्परागत उपचारका लागि परिचित र दक्ष चिकित्सक हुन् । उनले बिरामीको टाउकोमा सुई हानेर त्यसमाथि जडीबुटी बाल्दै उपचार…

चौतारा बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

चौताराको बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्नेछन् भने अर्कातिर २४ घण्टा प्रहरीले त्यहाँबाट आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्नेछ । चौतारा । जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार नगरकी उपप्रमुख सीता थापाले उद्घाटन गरेपछि प्रतिक्षालय र सहायता कक्षको औपचारिकरुपमा सञ्चालनमा आएको हो ।उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापाले नगर विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट…

एमाले उपाध्यक्ष नेम्वाङको निधन ! पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं।संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याएको थियो । यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् संसदीय दलका उपनेता…

सञ्जालको तीज कार्यक्रममा मेयर सापकोटाको भनाइ -“संस्कृतिलाई विकृति नबनाओं “

सञ्जालको तीज कार्यक्रम । संस्कृतिलाई विकृति नबनाओं – मेयर सापकोटामोनिका विक/ चौतारा । नजकिँदो हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेकोछ ।कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका…

सिन्धुपाल्चोकका ८ वटा पालिकालाई चाहियो न्यायिक सहजकर्ता

sindhupalchok

चौतारा । सिन्धुपाल्चोकका ८ वटा स्थानीय तहका लागि स्थानीय न्यायिक सहजकर्ता पदमा कर्मचारी माग भएको छ ।बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लाका ८ वटा पलिकामा न्यायिक सहजकर्ताको रुपमा कर्मचारी मागेका हुन् ।मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै जिल्लाको बलेफी, लिसंखुपाखर, जुगल, त्रिपुरा सुन्दरी, पाँचपोखरी थाङपाल, भोटेकोसी, हेलम्बु र सुनकोसी गाउँपालिकाका लागि स्थानीय न्यायिक सहजकर्ता पद आवेदन माग गरेको हो । स्थानीय न्यायिक सहजकर्ता ( नियुक्ति तथा परिचालन ) कार्यविधि, २०८० बमोजिम गाउँपालिकाहरुमा न्यायिक सहजकर्ताको पद रिक्त रही २०८१ असार मसान्तसम्मका लागि करार पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना…

चार महिनादेखि तातोपानी भन्सारमा रासायनिक मल अलपत्र

सिन्धुपाल्चोक । ल्हासामा सुन छ कान मेरो बुच्चे भने जस्तै सिन्धुपाल्चोक तातोपानी भन्सार कार्यालयमा विगत झण्डै ४ महिनादेखि टनका टन मल थन्किएको छ तर त्यही सिन्धुपाल्चोकका किसान भने मल अभावमा भौतारिन वाध्य छन् ।उनीहरु एक किलो मलका लागि घण्टौं लाइनमा बस्न वाध्य भएका हुन् ।धान र कोदो रोप्ने मुख्य सिजनमा रासायनिक मल नपाएर छटपाएका किसानहरु दुखजिलो गरेर रोपेको त्यही धान र कोदोको बढ्दो बालिमा मल हाल्नका लागि यतिखेर घण्टौं भदौरे घाममा उभिनु परेको छ । उनीहरु मल खोज्दै डिपो, केन्द्र र इजाजत प्राप्त सहकारी संस्थातिर धाउन थालेका हुन् ।यता तातोपानी…

ललितपुरले ग¥यो हेलम्बुलाई आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलव्ध गराइएको छ ।विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलव्ध गराइएको हो ।यस वर्षको मनुसन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति वेहोर्दै आएको हेलम्बुले शुक्रबार ठूलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको मेलम्ची बाढीले यस भेगकै शैक्षिक केन्द्र सरस्वती माविको २ वटा शौचालय र एउटा भवन बगाएको थियो ।बाढी र पहिरोले मेलम्ची हेलम्बु सडक खण्ड अवरुद्ध हुनका साथै डिहीस्थित हाइटेनशन लाइनको पोल ढल्दा विजुली आपूर्तिसमेत प्रभावित भएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा…

निर्माण व्यवसायीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित , सदस्यका लागि भोलि भिडन्त

निर्माण व्यवसायीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित , सदस्यका लागि भोलि भिडन्त चौतारा । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दीपेन्द्र थापा निर्विरोध निर्वाचित हुनु भएको छ । जिल्ला सदरमुकाम चौतारामा बुधबार भएको संघको ७ औ अधिवेशन तथा १६ औं साधारणसभाबाट अध्यक्षमा थापा सहित संपूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा भने क्रमश ः सगुन श्रेष्ठ, मोहनकुमार श्रेष्ठ र घनश्याम नेपाल निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । त्यस्तै महासचिव र सचिवमा जयचन्द्रकुमार लामा र डवले लामा निर्वाचित हुनु भएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमश…

आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास

आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास

आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास सिन्धुपाल्चोक । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरुको जारी आन्दोलन सुखदरुपमा टुँगिने विश्वास व्यक्त गर्नु भएको छ ।विगत ३ हप्ताभन्दा बढी समयदेखि ९ बुँदे माग राखेर आन्दोलनमा होमिएका निर्माण व्यवसायीहरुको आन्दोलन सडक हुँदै वार्ताको टेवलसम्म पुगेको जानकारी दिंदै अध्यक्ष सिंहले वार्ताबाट आफ्ना मागहरु पुरा हुने विश्वास व्यक्त गर्नु भएको हो ।उहाँले सरकारसँग आफ्ना मागहरु घनिभूतरुपमा राखिएको र सरकारबाट पनि सकारात्मक संकेत आएको भन्दै आन्दोलनको अवतरण सुखद रुपमा हुने बताउनुभयो ।निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं…