निर्माण व्यवसायीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित , सदस्यका लागि भोलि भिडन्त
चौतारा । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दीपेन्द्र थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
जिल्ला सदरमुकाम चौतारामा बुधबार भएको संघको ७ औ अधिवेशन तथा १६ औं साधारणसभाबाट अध्यक्षमा थापा सहित संपूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा भने क्रमश ः सगुन श्रेष्ठ, मोहनकुमार श्रेष्ठ र घनश्याम नेपाल निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
त्यस्तै महासचिव र सचिवमा जयचन्द्रकुमार लामा र डवले लामा निर्वाचित हुनु भएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमश ः बालसुन्दर कटुवाल र राजेन्द्र विक्रम थापा निर्विरोध निर्वाचित हुनु भएको छ भने महिला सदस्यमा निर्मला श्रेष्ठ चयन हुनु भएको छ ।
६ सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेपछि भोलि विहान ११ बजे मतदान प्रकृयाबाट सदस्यहरु निर्वाचित हुने निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिनुभयो ।
यी हुन सदस्यका उम्मेद्वारहरु ः
१) टंकप्रसाद दुलाल
२) सरोज केसी
३) विजय ढुंगाना
४) देवल्भ दुलाल
५ ) नेत्रबहादु सिलवाल
६ ) सोमबहादुर तामाङ
७ ) अमिर श्रेष्ठ उमेश
८ ) देवेन्द्र दाहाल
९) तिलक बहादुर बस्नेत
१० ) विनोद लामा
११ ) बुद्धकुमार घले
११ ) राजुकृष्ण श्रेष्ठ
१२ ) भेषनाथ सापकोटा
१३ ) रविन्द्र सिलवाल
१४ ) रविन्द्र सिलवाल
१५) उमेशकुमार खड्का
१६ ) विश्वराज गुरुङ
१७) जयराम खड्का
१८) दिनेश गिरी