चौतारा । सिन्धुपाल्चोकका ८ वटा स्थानीय तहका लागि स्थानीय न्यायिक सहजकर्ता पदमा कर्मचारी माग भएको छ ।
बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लाका ८ वटा पलिकामा न्यायिक सहजकर्ताको रुपमा कर्मचारी मागेका हुन् ।
मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै जिल्लाको बलेफी, लिसंखुपाखर, जुगल, त्रिपुरा सुन्दरी, पाँचपोखरी थाङपाल, भोटेकोसी, हेलम्बु र सुनकोसी गाउँपालिकाका लागि स्थानीय न्यायिक सहजकर्ता पद आवेदन माग गरेको हो ।

स्थानीय न्यायिक सहजकर्ता ( नियुक्ति तथा परिचालन ) कार्यविधि, २०८० बमोजिम गाउँपालिकाहरुमा न्यायिक सहजकर्ताको पद रिक्त रही २०८१ असार मसान्तसम्मका लागि करार पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ भनि प्रकाशित सूचनामा लेखिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र मन्त्रालयको इमेलमार्फत आवेदन दिन सकिने छ । विस्तृत मन्त्रालयको वेबसाइट धधध।mयबि।िदबनबmबतष्।नयख।लउ मा राखिएको छ ।
मन्त्रालयले सिन्धुपाल्चोकसहित बागमति प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाका लागि सहजकर्ता पदका कर्मचारी माग गरिएको हो ।