शिक्षकहरू आन्दोलनमा हिंडेपछि बाल भेला स्थगित
मोनिका बिक, चौतारा । शिक्षक आन्दोलनका कारण बाल भेला तथा बाल सन्जाल गठन नै प्रभावित भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले भोलि शुक्रवार गर्ने भनिएको नगर बाल सन्जाल गठन तथा भेला स्थगित गरिएको हो ।
चौतारा सागाचोकगढी नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज ५ गते गर्ने भनि तय भएको नगर बाल सन्जाल गठन तथा बाल भेला स्थगित भएको जानकारी दिइएको हो ।
एकातिर शिक्षकहरु आन्दोलन गर्न राजधानी हिँडेपछि विद्यालय सुनसान बनेको छ भने अर्कोतिर शिक्षकहरूको अनुपस्थितिका कारण शिक्षासंग सम्बन्धित गतिविधिहरू पनि प्रभावित हुन थालेको छ ।
चौतारा सागाचोकगढी नगरपालिकाले बिबिध कारण देखाई बालभेला तथा बाल संजाल गठन स्थगन गरिएको भनि उल्लेख गरिए पनि शिक्षकहरु आन्दोलनमा गएका कारण भेला स्थागित गरिएको बताईन्छ
शिक्षकहरु आन्दोलनमा हिँडेपछि बाल भेला स्थगित
