ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलव्ध गराइएको छ ।
विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलव्ध गराइएको हो ।
यस वर्षको मनुसन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति वेहोर्दै आएको हेलम्बुले शुक्रबार ठूलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको मेलम्ची बाढीले यस भेगकै शैक्षिक केन्द्र सरस्वती माविको २ वटा शौचालय र एउटा भवन बगाएको थियो ।
बाढी र पहिरोले मेलम्ची हेलम्बु सडक खण्ड अवरुद्ध हुनका साथै डिहीस्थित हाइटेनशन लाइनको पोल ढल्दा विजुली आपूर्तिसमेत प्रभावित भएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
पालिका एक्लैको प्रयासले विपद न्यूनिकरण, व्यवस्थापन र पुनस्र्थापन संभव नभएको हुँदा भदौ ६ गते वागमति प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडालाई बजेटका लागि अनुरोध पत्र पठाएता पनि प्रदेश सरकारले सम्वोधन नगरेकोमा अध्यक्ष शेर्पाले गुनासो गर्नुभयो । यसैबीच ललितपुर नगरपालिकाले १२ लाख भए पनि सहयोग उपलव्ध गराएकोमा भने उहाँले खुशी व्यक्त गर्नुभयो ।