सञ्जालको तीज कार्यक्रम । संस्कृतिलाई विकृति नबनाओं – मेयर सापकोटा
मोनिका विक/ चौतारा । नजकिँदो हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेकोछ ।
कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।
शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका लागि रचनात्मक दंगबाट मनाउन आग्रह गर्नुभयो ।
चौतारा साँगाचोकगढी ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठले एकमहिना अघिदेखि तीज मनाउने बढ्दो संस्कारले भोलिका दिनहरुमा तीज हुनेखाने बर्गको पर्व मात्र हुनेतर्फ सचेत गराए ।
संजालकी अध्यक्ष जानुका पराजुली अध्यक्षतामा र सचिब तारा रानाले संचालित कार्यक्रममा मिना थापा, शान्ति थिङ लगायतले नृत्य प्रस्तुत गरेका गर्नुभएको थियो भने कमला बिक,पार्वती तामाङ, गुणकेशरी श्रेष्ठ लगायले गीत तथा दोहोरी गीत प्रस्तुत गर्नुभएको थियो ।