टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पताल

chaina tibat

टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पताल
टाउको माथि जडिबुटीको झुम्रो बालेर उपचार गर्दा स्टोक, उच्च रक्तचाप, माइग्रेन र टाउको दुखाईको उपचारमा प्रभावकारी हुन्छ भन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ तर चीनको सिचुआन प्रान्त, डाओचेङ काउन्टीको एउटा अस्पतालमा भने यसरी नै औषधी उपचार हुने गरिएको छ ।


डोओचेङ ( म्यबअजभलन ) काउन्टीको गान्जीस्थितको यो अस्पतालमा उच्च रक्तचाप, माइग्रेन, स्टोक र टाउको दुखाईको उपचारमा संलग्न चिकित्सक लुओ रोङ डियान झु चिनियाँ र तिब्बती परम्परागत उपचारका लागि परिचित र दक्ष चिकित्सक हुन् । उनले बिरामीको टाउकोमा सुई हानेर त्यसमाथि जडीबुटी बाल्दै उपचार गर्दै आएका छन् ।

यो उपचार विधिलाई सुनौलो सुईको उपचार पद्धति भनिन्छ उनले भने स्ट्रोक, उच्च रक्तचाप, माइग्रेन र टाउको दुखाइको उपचारमा प्रभावकारी सावित भएको छ ।
अस्पतालले पश्चिमी, चाइनिज र तिब्बती औषधि उपलब्ध गराए पनि बिरामीहरुले भने परम्परागत उपचार विधि रोजेको पाइन्छ । चालु वर्ष २५,००० जना विरामीले तिब्बती परम्परागत उपचार रोजेको चिकित्स लुओ रोङ डियान झु बताउछन् । अधिकाँश रोगहरुको उपचार हुँदै आएको यो अस्पतालमा तिव्बती र चाइनीज परम्परागत उपचार विधिबाट नै हुने गरिन्छ र अकुपञ्चर विधि बढी प्रयोगमा आउने अस्पतालले जनाएको छ ।


५ हजार बर्गमिटरमा फैलिएको अस्पतालको क्षेत्रफलभित्र ४ हजार वर्गमिटरको भवन संरचना निर्माण भएको छ । परम्परागत उपचार पद्धतिका लागि पनि चिनियाँ सरकारले उल्लेख लगानी गरेको दृष्टान्त पनि हो यो अस्पताल । तिब्बतीय औषधी कक्ष, ल्याब, अक्सिजन प्लान्ट र आइशोलेशन वार्ड लगायत संरचना निर्माणका लागि यो वर्ष मात्र सरकारले १० मिलियन आरएमबी लगानी गरेको बताइन्छ ।


मेडिकल साइन्समा छुट्टै पहिचान र सफलता हासिल गरेको चीनले परम्परागत उपचार विधिलाई पनि त्यतिक्कै सकृय र प्राथमिकतामा राखेको छ । कतिपय मूलुकले आफ्ना परम्परागत खासगरि आयुर्वैद उपचार पद्धतिलाई वेवास्ता गरिरहेका छन् र उनीहरु आधुनिक उपचार पद्धतीमा नै निर्भर विश्वस्त हुँदै आएका छन् तर परम्परागत उपचार पनि प्रभावकारी बन्दो रहेछ भनेर चीनले भने अर्को उदाहरण पनि विश्वलाई दिन सफल भएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्