मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर भेलाले ढकाललाई सभापतिमा चयन गरेको हो । । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने,…
Category: राजनीति
अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो : सांसद सापकोटा
करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिएका हुन् । २३ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखिएको बताएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै सासद सापकाेटाले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक…
एमालेको मिशन ग्रासरूट कार्यक्रममा चार ब्यक्तित्व सम्मानित
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा राजनीतिक,सामाजिक र शैक्षिक क्षेत्रका चार ब्यक्तित्वलाई सम्मान गरिएको छ ।पूर्व प्रतिनिधिसभा सदस्य कृष्णराज श्रेष्ठ, समाजसेवी रामबहादुर कार्की, माधवलाल कर्माचार्य र पूर्व शिक्षक नरबहदुर मास्केलाई नेकपा एमाले चौतारा साँगचोकगढी वडा न ५ को कमिटीले सम्मान गरेको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाड नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी…
राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगरको सभापतिमा सानुमाया श्रेष्ठ
बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सानुमाया श्रेष्ठको अध्यक्षतामा बाह्रबिसे नगर कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमशः साङ्बो तामाङ , पासतेम्बा शेर्पा र सुजल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा नारायण बहादुर प्रधान, सम्देन शेर्पा , सन्तोष श्रेष्ठ , गणेशबहादुर श्रेष्ठ , केशव भण्डारी र बुद्धिबहादुर शेर्पा चयन भएका छन् । भेला केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले उद्घाटन गर्नु भएको थियो । बिसौनीbisouni.com
अर्को चुनावमा देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बज्ने छ – सांसद सोबिता गौतम
सबैसँग समदुरी राख्दै पार्टीका एजेण्डाहरु पुरा गर्नका लागि रास्वपाले सरकार समर्थनको उचित निर्णय लिएको बताउनु भयो । “हामी विचारमा स्वतन्त्र छौं तर पनि पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै सदनबाट सरकारलाई उत्तरदायित्व बनाउन पनि हामी सधैं तत्पर छौं ”सांसद गौतमले भन्नु भयो “सिक्दै र गर्दै गएको परिवेश भएको कारण अलि गाह्रो छ, फेरि पनि जनताको एजेण्डाबाट हामी कहिल्यै पनि विमुख हुने छैनौं ” । बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले अर्को निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी मूलुकको पहिलो पार्टी हुने दावी गर्नु भएको छ ।…
जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको बर्चस्व ः प्यानल कै जीत
जुगल क्याम्पस साँगाचोकमा पनि अखिल क्रान्तिकारीको प्यानलको जित ५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सुदर्शन अर्याल नेतृत्वको प्यानल विजयी भएको हो । प्यानलको सचिवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका छन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमायाँ राना र सर्मीला गिरी निर्वाचित भएका हुन् । बिसौनीbisouni.com
जलविरे भ्याली क्याम्पस क्रान्तिकारीको पोल्टामा
जलबिरे , जलबिरे भ्यालीमा क्रान्तिकारीका अच्युत अधिकारी बिजयी निर्मल बस्नेत । जलबिरे (५ चैत्र २०७९)जलबिरे भ्याली क्याम्पस जलबिरेकाे स्वबियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्युत अधिकारी बिजयी भएका छन् । अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै बिजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गाेलेले ४६ मत पाए । त्यस्तै अखिल (क्रान्तिकारी) कै सचिवमा बिक्रम भट्टराई, काेषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क,…
मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीत
मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीतहेलम्बु । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मेलम्ची भ्यालि क्याम्पस हेलम्बुमा बाम विद्यार्थी गठवन्धनको जीत भएको छ ।अनेरास्ववियु अखिल प्यानलका पवन कुमार लामिछानेले ७० मतसहित सभापतिमा विजयी भएका छन भने निकट्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रणजीत कार्कीले ५१ मत प्राप्त गरेका छन् ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमशः राजन गिरी, प्रदिप गुरागाईँ विजयी भएका छन् भने सदस्यहरुमा गोकूल लामिछाने र सरिता जोति विजयी भएका छन् ।सचिवमा विजयी गिरिले ७२ मत पाउँदा नेवि संघका तर्फबाट सचिव उम्मेद्वार बनेका आइति तामाङले ४९ मत पाएका छन् । कोषाध्यक्षमा…
शहीदको सूचिमा खोई कञ्चन ?
मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । चौतारा । २०५९ साल बैशाख १२ गते जिल्लाको जलबिरेमा मारिनु भएका कञ्चन प्रियदर्शी (इश्वरकृष्ण बुढाथोकी ) शहीदको सूचिभित्र पर्नु भएको छैन् ।तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सशरीर होमिनु भएका प्रियदर्शीको सर्चको क्रममा नेपाली सेनाद्वारा हत्या भएको थियो । उही स्थान, उही समय र प्रियदर्शीसँगै मारिनु भएको स्याउलेका प्रेमबहादुर श्रेष्ठ सुमन भने शहीदको सूचीमा रहनु भएको छ…
समाजवादीको जिल्ला अध्यक्षमा नवराज पौडेल
मेलम्ची, ५ चैत । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्ष नवराज पौडल चयन हुनु भएको छ । हिजो शनिबार भएको जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ । त्यस्तै सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।अधिवेशनको उद्घाटन अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव्कुमार नेपालले गर्नु भएको थियो । बिसौनीbisouni.com
