चौतारा । नेकपा ९माओवादी केन्द्र ० जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु भएको छ । सदरमुकामस्थित सहिद स्मृति भवनमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन विस्तार र शुद्धिकरण लगायत विषयमा छलफल हुने बताइन्छ ।
बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् निर्वतमान सभामुख अग्निप्रसाद सापकोटा, संघीय सांसद माधव सापकोटा सुवोध, बागमति प्रदेशसभा सदस्यत्रय युवराज दुलाल शरद, सरल सहयात्री, अमृता नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।
जिल्ला समन्वय समितिकोतर्फबाट प्रतिनिधिसभा सदस्य सापकोटा र प्रदेशसभा सदस्यत्रय दुलाल, यात्री र नेपाललाई बैठकमा सम्मान तथा बधाई अर्पण समेत गरेको छ । केन्द्रका उपाध्यक्ष एवम् निर्वतमान सभामुख सापकोटाले सम्मानपत्र प्रदान गर्नु भएको हो ।
समन्वय समितिका अध्यक्ष गोविन्द पराजुलीले बैठकमा साँगाठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ भने प्रस्तुत प्रतिवेदनमाथि उपस्थित सदस्यहरुले टिकाटिप्पणी गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु
