आठ मार्चमा क्रान्तिकारी महिलाले सबै पालिकामा कार्यक्रम गर्ने

प्रमुख अतिथि एवम् बागमति प्रदेशसभा सदस्य अमृता नेपालले व्यवस्था बदलिए पनि नेपाली महिलाहरुको अवस्थामा खासै परिवर्तन नआएको बताउनु हुँदै आफू सदैव महिला हक, हित र अधिकारका लागि सडकदेखि सदनसम्म आन्दोलित भइरहने बताउनु भयो ।


चौतारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने भएको छ ।
चौतारामा सम्पन्न संघको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका १२ वटै स्थानीय तहमा यही फागुन २४ गते विशेष कार्यक्रमसहित अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरेको हो । बैठकले संगठनको मुखपत्र प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

हरेक वर्षको अंग्रेजी मिति ८ मार्चमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस अन्तराष्ट्रिय स्तरमा नै मनाउँदै आएको छ । यो वर्ष नेपाली मिति अनुसार सो दिवस फागुन २४ गते परेको छ ।

No description available.


बैठकका प्रमुख अतिथि एवम् बागमति प्रदेशसभा सदस्य अमृता नेपालले व्यवस्था बदलिए पनि नेपाली महिलाहरुको अवस्थामा खासै परिवर्तन नआएको बताउनु हुँदै आफू सदैव महिला हक, हित र अधिकारका लागि सडकदेखि सदनसम्म आन्दोलित भइरहने बताउनु भयो ।
चौतारास्ति शहीद स्मृति प्रतिष्ठामा भएको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष अम्बिका नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्