फुने प्रहरी फन्दामा
शुक्रबार विहान ३ बजेको घटना हो यो । सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका वडा न ७ खनियावासकी ७१ बर्षिया रत्नकुमारी थापा घरबाट बाहिर निस्कन्छिन् तर एक्कासी कसैले उनको घाँटी अठ्याउछन् । उनी चिच्याउछिन् कराउछिन् तर कसैले सुन्दैनन् । एकान्त ठाउँमा रहेको उनको घरमा उनी बाहेक कोही पनि थिएनन् । छिमेकीको घर अलि टाढै थियो । घाँटी अठ्याइसकेपछि उनीसँग भएको नगद र गरगहना लुृटेर उनको दुबै हात बाँधेर घरभित्र भूइँमा लाश छोडेर हत्यारा फरार हुन्छ । विहान छिमेकी टोकमाया खत्रीले मृत अवस्थामा देखेपछि उनले आफन्तलाई खबर गर्छन् र प्रहरीलाई पनि । खबर पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान थाल्छन् । थप अनुसन्धानका लागि काठमाण्डौंबाट ककुरसहितको प्रहरीको टोलीले अनुसन्धान थाल्छन् र अन्तत ३ दिनको छोटो अवधिमा नै हत्यारा प्रक्राउ गर्न सफल हुन्छन् ।
सोमबार काठमाण्डौं गोंगबु सामाखुशीबाट बृद्धाको हत्त्या आरोपमा ३६ वर्षिय सञ्जिब देउजा उर्फ फुनेलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।
बृद्धासँग भएको नगद र गरगहना लुटपाट गर्ने उदेश्यले हत्या गरेको आरोपित देउजाले प्रारम्भीक अनुसन्धानको क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ । लुटपाट गरेको धनमाल भने बरामद नभएको डिएसपी निरञ्जन भट्टराईको भनाईछ ।
बृद्धासँग कम्तिमा ६२ हजार नगद र करिब डेढ तोल सुनको गरगहना रहेको प्रहरीको दावी छ । यदपी पक्राउको क्रममा भने नगद र गरगहना बरामद हुन नसकेको प्रहरीले जनाएकोछ ।
एकान्तको घरमा एक्लै बस्दै आएकी थापाको एक छोरा विदेशमा रहेको र बुहारी, नातिनातिना काठमाण्डौ बस्दै आएका थिए । घटनामा अन्य संलग्नता नदेखिए पनि थप अनुसन्धान कार्य भइरहेको डिएसपी भट्टराइले जानकारी दिए ।