नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले गाडी तोडफोड गरेका छन् । झापाको अर्जुनधारामा राष्ट्रिय युवासंघ नगर कमिटीको प्रथम अधिवेशन चलिरहेका बेला प्रसाईं निकट युवाहरुले एमाले नेता–कार्यकर्ताले पार्किङमा राखेको सवारी साधन तोडफोड गरेका हुन् । उक्त अधिवेशनमा बस्नेत पनि सहभागी छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार १५÷१६ वटा गाडी फुटाइएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिएका छन् । युवासंघका कार्यकर्ताले प्रसाईंमाथि अस्ति असोज २२ गते कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी…
Category: राजनीति
समाजवादी जिल्ला कमिटी सदस्यसहित ११० जना माओवादी केन्द्रमा प्रवेश
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चानको झण्डै २ सातापछि सिन्धुपाल्चोका समाजवदी भने माओवादीमा रुपान्तरित भएका छन् । आज माओवादी केन्द्रमा प्रवेश गर्नेहरु अधिकाँश एकीकृत समाजवादीसँग आवद्ध रहेका नेता कार्यकर्ता रहेका छन् । चौतारा । एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । २०४८ सालदेखि एमालेमा सकृय रहँदै आएका महत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएका महतले बुधबार माओवादी केन्द्रका…
दक्षिण कोरियामै रोकिए दीपशिखा
काठमाडौं । डाक्टरको प्रेस्किप्सन बिनाको औषधि बोकेर दक्षिण कोरिया पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ अनुसन्धानको दायरामा तानिएका छन्। दक्षिण कोरियाली प्रहरीले उनलाई अनुसन्धान नसकेसम्म देश छाड्नका लागि रोक लगाएको हो । एक महिनाअघि उनी दक्षिण कोरिया पुगेका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले नेपाली राजदूत ज्योती प्याकुरेलका लागि औषधी लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या रहँदै आएको र राजदूत प्याकुरेलको आग्रहमा उनले सो औषधि बोकेर गएको बताइन्छ । पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी राजदूत प्याकुरेलले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर…
यस्तो छ माओवादी तीन महिने अभियानका लक्ष्य
यस्तो छ, माओवादी अभियानका तीन लक्ष्य सत्तारुढ नेकपा माओवादी केन्द्रले भोलिदेखि थाल्ने तीनमहिने विशेष अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य तय गरेको छ । माओवादीले २५ लाख मतदातालाई भेटेर सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा सरकारले गरेका कामबारे जानकारी गराउने अभियानको लक्ष्य बनाइएको हो । संगठन सुधारका लागि ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाउन लागेको माओवादीले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न केन्द्रीय सदस्यहरुलाई खटाएर प्रत्येक घरमा पुग्ने योजना बनाएको छ । जसअन्तर्गत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत सातवटै प्रदेशका एक–एक वटा वडामा पुग्नेगरी कार्यक्रम…
कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दै
कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दैनयाँ घरको भविष्य अन्यौल र अन्धकार देख्न थालेपछि सिन्धुपाल्चोकका कम्रेडहरु पुरानै नै घरमा फर्कन कम्मर कसेर लागेका छन् । नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेको ढोका ढकढक्याउन पुगेका हुन् ।एमाले विभाजनपछि एकीकृत समाजवादी बनेका सिन्धुपाल्चोकका झण्डै एक दर्जन नेता तथा कार्यकर्ता पुरानै घर एमालेमा फर्कन लागेको स्रोतको दावी छ । फर्कन लागेकाहरुमा पूर्व सांसद, समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य, गम्भीरलाल श्रेष्ठ, उपेन्द्र तामाङ, शिवराम भट्टराइ, सचिव दीपक नेपाल,…
राप्रपा जिल्ला सदस्य संसार श्रेष्ठद्वारा पार्टी त्याग
सुप्रिन्स कसजू /चौतारा । विगत लामो समयदेखि राप्रपाबाट राजनीति गर्दै आएका संसार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका छन् । २०४८ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकसँग आवद्ध रहँदै आएका श्रेष्ठले आइतबार सो पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनाामा दिएका हुन् । राप्रपा जिल्ला सदस्य रहेका श्रेष्ठले संस्थागत भन्दा पनि पार्टीमा व्यक्तिगत स्वार्थको हावि भएको, राष्ट्रिय समस्या निकासका लागि पार्टीले कुनै भूमिका निर्वाह गर्न नसकेको र ढुलमूले नीति लिएको कारण आफूले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा गरेको बताए । ६ पटकसम्म महाधिवेशन प्रतिनिधि र दुईपटक जिल्ला सचिवको समेत…
एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो । आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या…
डिएसपीमा गोर्खा र अर्घाखाँचीका छपक्कै
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवा सतप्रतिशत पारदर्शी गर्छु, कसैले गलत गरे कारबाही ठोक्छु भनी सार्वजनिक कार्यक्रममा सुशासनको भाषण गरेको पर्सिपल्ट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा निस्कियो । यही बढुवा विभेदपूर्ण, अन्यायपूर्ण, सामाजिक न्यायको सिद्धान्तविपरीत छ भन्ने आरोप लाग्न थालेको छ । आइजिपी वसन्त कुँवरले आफ्नो जिल्ला अर्घाखाँचीबासी वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा राखी पहिले लामो समय सचिवालयभित्र काम गरेका वरीयता नम्बर २ का रञ्जन अवालाई १ नम्बरमा उकालेका छन् । आफ्ना अंगरक्षक वरीयता नम्बर २६ का इन्स्पेक्टर यमकुमार श्रेष्ठलाई ३ नम्बरमा, जिल्लावासी वरीयता नम्बर १११ का शङ्कर पोखरेललाई ४५…
प्रचण्ड सरकारले खाद्यान्न सामाग्रीको भाउ घटायो
मंहगी र भ्रष्टाचारले गाँजेको मूलुकमा विस्तैरै मंहगी नियन्त्रणसँगै भ्रष्टाचारमाथि कारबाहीको तदारुकता देखाउन थालेपछि अहिले माओवादीप्रति जनताको लगाव फेरि बढ्न थालेको बताइन्छ । काठमाण्डौ । एकातिर भ्रष्टाचारीहरु भागभाग हुने गरि नक्कली भूटानी शरणार्थीको फाइल खोलेर सुशासन स्थापना गर्न प्रयत्नशील प्रचण्ड सरकारले जनतालार्इ पनि प्रत्यक्ष राहत हुने गरि मंहगी पनि नियन्त्रण गरेको छ ।मंहगीको मारमा दैनिकी धान्न नै हम्मे हम्मे परिरहेको नागरिकलाई प्रधानमन्त्री प्रचण्डको सरकारले हालै विभिन्न खाद्या समाग्रीको भाउ घटाएपछि यतिखेर जनताले राहतको महसुस मात्र गरेका छैनन्, प्रचण्ड सरकारको गुणगान पनि गाउन थालेका छन्माओवादी नेतृत्वको यो सरकारले खाने तेलको मूल्यमा मात्र…
एकीकृत समाजवदी बलेफीको अध्यक्षमा श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) बलेफीको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन हुनु भएको छ ।एकीकृत समाजवादी बलेफी गाउँपालिकाद्वारा आयोजित भेला तथा बैठकले श्रेष्ठलाई चयन गरेको हो ।शनिबार बलेफीमा आयोजित भेलाले उपाध्यक्षमा सिरुपाते तामाङ्ग र इच्छाराम तामाङ्गलाई चयन गरेको छ भने सचिबमा गोविन्दकाजि नेपाल चयन भएका छन् ।भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको बागमती प्रदेश सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकि उपमेयर सीता थापाले जानकारी दिनु भयो । बिसौनीbisouni.com
