उपनिर्वचन अन्तर्गत बारामा जारी मत गणना अनुसार आज मंगलबार साँझ ८.३० बजेसम्म जसपाका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायम राखेका छन । मत परिणाम यस्तो छ : उपेन्द्र यादव ९जसपा ( गठबन्धन ) – २२०९६शिवचन्द्र कुशवाहा (जनमत पार्टी) –१९२७९ मतपुरूषोत्तम पौडेल ( नेकपा एमाले ) – ६३५४ मतरमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी ) – २६०० मतअरूण ज्ञवाली (आम जनता पार्टी ) – २३०८उपेन्द्र यादव शिवचन्द्र कुसवाहा भन्दा २८१७ मतले अगाडी बिसौनीbisouni.com
Category: राजनीति
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
बिसौनीbisouni.com
तनहुँमा स्वर्णिम सर्लक्क अगाडी
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। ९९८२ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १५१५ मत ल्याएका छन्। तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए।…
मुख्य मन्त्रीको कार्यालय तोडफोड
English कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड, आन्दोलनकारी र प्रहरीबीच झडपसुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ । कार्यालयमा धर्ना दिएका प्रदेशका दलित समुदायले माग पूरा नगरेको भन्दै तोडफोड गरेको बताइएको छ । झडपमा आठ जना प्रहरी र दुई दर्जन आन्दोलनकारी घाइते भएका छन् । धर्नाकारीले कार्यालय तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ । मुख्यमन्त्री कार्यालयले माग सम्बोध गर्न सचिव सन्तबहादुर सुनारको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । तर आफ्ना ८४ बुँदे माग सम्बोधन नगरेको आन्दोलनकारीको आरोप छ । वार्तामा प्रगति नभएपछि धर्नाकारीहरुले कार्यालयको…
मानव आवागमनका लागि अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।
तातोपानी नाका : अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।काठमाडौ । आफू निर्वाचनमा विजयी भएपश्चात तातोपानी नाका खुलाउन अहोरात्र खट्दै आउनु भएका प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नाकाबाट मानव आवतजावतका लागि व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गर्नु भएको छ ।नेपाली र चिनियाँ अधिकारीबीच हिजो सोमबार लिपिङमा बसेको बैठले आयात निर्यातकालागी बैशाख १८ गतेबाट दुईतर्फी नै नाका खुल्ला गर्ने निर्णय गरेको थियो । बैठकमा नेपालतर्फको अध्यागमन कार्यालय भवन नभएको र सडक संरचना असुरक्षित भएको कारण मानव आवागमनको विषयमा निर्णय नभएको भन्दै सांसद सापकोटाले मानव आवागमन खुला गर्नका लागि अध्यागमन कार्यालय, कर्मचारी…
सभापति लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था बुझ्दै सांसद बस्नेत
उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता पनि सांसद बस्नेतले जाहेर गरेको महोनबहादुर बस्नेत सचिवालयले जनाएको छ । चितवन । सोमबार राति चितवनमा घाइते भएका सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न प्रतिििधसभा सदस्य मोहनबहादुर बस्नेत आज चितवन पुग्नु भएको छ ।चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगेर उपचाररत थापाको स्वास्थ्यस्थिति बुझ्नका साथै साँसद बस्नेतले उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका छन् । सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोेछ । उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग…
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रशारण
(जनआस्था ) बिसौनीbisouni.com
सात सय टोलमा पुगे चौध हजार एमालेका नेता कार्यकर्ता !
चौतारा। नेकपा (एमाले)ले सुरु गरेको मिसन ग्रासरुट अभियानमा जिल्लाका चौध हजारबढी नेता कार्यकर्ता परिचालित भएका छन् । संगठन सुदृढीकरण, शुद्धिकरण र विस्तारको योजना अनुरुप सुरु भएको अभियानका क्रममा जिल्लाभरका सात सय टोलसम्ममा संगठनात्मक संरचना निर्माण तथा सक्रियता गराईएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारि दिनुभयो । टोल, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्र र जनसंगठन समेत सो अभियानमा सक्रियताकासाथ लागिरहेको नेपाल बताउनुहुन्छ । ‘माथिल्लो कमिटीका साठी प्रतिशत र तल्लो तहको सतप्रतिशत नेता कार्यकर्ता मिसन ग्रासरुटमा जोडिएर जिम्मेवारी पूरा गनुभएको छ ।’ अध्यक्ष नेपाल भन्नुहुन्छ । अभियान अन्तर्गत सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गाउँपालिका मा सुरु भएको…
शीरमा कफन बाँधेर देश सेवामा लागेका छौं – सभापति लामिछाने ( भिडियोसहित )
बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बारामा आयोजित आमसभालाई सम्बोधन गर्दै देश सेवाका लागि आफूहरू शीरमा कफन बाँधेर आएको बताएका छन् । आगामी बैशाख १० गते हुनगइरहेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले जनता जनताबीच बिभाजन गरि गर्ने राजनीतिको युग अन्त्य भएको उद्घोष गरे ।उनले नामको पछाडि आउने जातको आधारमा भोट लिएर विभेदमा पारिरहने छुट कसैलाई नभएको जिकिर गरे । बारामा प्रहरी प्रमुख भएर रहँदा आफ्ना पार्टीका उम्मेदवार रमेश खरेलले शान्ती अमनचयनका लागि खेलेको भूमिकाको चर्चा गर्दै सभापति लामिछानेले देशको सपुतलाई बारबासीको सेवा गर्न पून पठाएको बताए…
विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताउनुभयो । “विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो…
