मोसोको बदला मुङ्ग्रो !

नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले गाडी तोडफोड गरेका छन् ।

झापाको अर्जुनधारामा राष्ट्रिय युवासंघ नगर कमिटीको प्रथम अधिवेशन चलिरहेका बेला प्रसाईं निकट युवाहरुले एमाले नेता–कार्यकर्ताले पार्किङमा राखेको सवारी साधन तोडफोड गरेका हुन् । उक्त अधिवेशनमा बस्नेत पनि सहभागी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार १५÷१६ वटा गाडी फुटाइएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

युवासंघका कार्यकर्ताले प्रसाईंमाथि अस्ति असोज २२ गते कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका प्रसाईंका कार्यकर्ताले एमाले नेता–कार्यकर्ताको गाडी फुटाएको हुनसक्ने अनुमान गरिएको छ ।

मोसो दलिएको घटनालगत्तै युवासंघ इञ्चार्जसमेत रहेका बस्नेतले आफूहरुको क्षमता ननाप्न सार्वजनिक चुनौती दिएपछि त्यसको जवाफमा प्रसाईंले पनि एमालेसँग आफ्नो असली खेल शुरु भएको बताएका थिए । प्रसाईं निकट एक युवाले झापाबाट कोशी कटेर पूर्व छिरे बस्नेत र एमाले अध्यक्ष केपी ओलीलाई कालोमोसो दल्ने घोषणा नै गरेका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्