विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राख्नुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाउनुभयो । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताउनुभयो । पूर्वप्रधानमन्त्री…
Category: राजनीति
अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित
लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि यादव स्वतः निलम्बन भएका हुन् । प्रदेश सभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित यादवसमेतलाई प्रतिवादी बनाई आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति…
दुग्ध व्यवसायीका बक्यौता रकम भुक्तानी गर्न सांसद सापकोटाको माग
गाईभैंसी पालेर, दुध बेचेर, गर्जो टार्दै आएका किसानहरु मारमा परेको भन्दै किसानहरुलाई भुक्तानी दिन सांसद सापकोटाले सभामूखमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो काठमाण्डौं । दुधमा आत्मनिर्भर बन्दै गरेका किसानहरुको रकम डिडिसीले भुक्तानी नगरेप्रति प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले संसदमा गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले शहरको पैसा गाउँगाउँमा लैजाने र दुधबाट आत्मनिर्भर बन्दै गरेको दुग्ध व्यवसाय गम्भीर संकटमा परेको बताउनुभएको हो । गत भदौबाट डिडिसीले दुध उत्पादक किसानहरुलाई हालसम्म पनि भुक्तानी नगरेकोले व्यवसायीहरु मरमा परेको उहाँको भनाइ थियो । सडकमा अहिले दुध मात्र पोखिएको छ सांसद सापकोटाले…
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा काँग्रेस महामन्त्रीको आपत्ति
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः गल्ती दोहोर्याएको आरोप लगाएका छन् । उनले राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी भएको तर प्रधानमन्त्री प्रचण्डले खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए । विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनका विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले भागबण्डाको आधारमा उपकुलपति नियुक्ति गर्न खोजेर पुनः गल्ती दोहोर्याएको महामन्त्री थापाको दावी छ । उनले भने, ‘अहिले नामहरु हतारहतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने जसरी योभन्दा पहिला दलहरुको बीचमा विश्वविद्यालयको भागबण्डा…
माओवादीमा नेता बन्न मारामार
सुदूरपश्चिम प्रदेशमा दलको नेता कसलाई बनाउने भन्ने विवादले सत्तारुढ नेकपा माओवादी केन्द्रमा किचलो चर्किएको छ । असन्तुष्ट खेमाले बहुमत जुटाएर खगराज भट्टलाई दलको नेताबाट हटाएपछि माओवादी विवाद ‘क्लाइमेक्स’ मा पुगेको हो । अस्ति शुक्रबार संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरेको थियो । तर,आज बसेको प्रदेश पदाधिकारी बैठकले तत्काल सो निर्णय सच्याउन निर्देशन दिएको छ । धनगढीमा बसेको बैठकले पार्टीको विधि विपरित र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै निर्णय सच्चाउन भनेको हो । उक्त निर्णयबारे जानकारी गराउन प्रदेश…
निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा
निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा चौतारा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल सञ्जेल चयन हुनु भएको छ । शनिबार चौतारामा सम्पन्न क्रान्तिकारी विद्यार्थीको २० औं सम्मेलनले ६५ सदस्यीय नयाँ कार्यसमितिसहित सञ्जेललाई जिल्लाभरबाट भेला भएका क्रान्तिकारी विद्यार्थीहरुले सर्वसम्मतरुपमा आफ्ना नयाँ नेताको रुपमा चयन गरेको हो । उपाध्यक्षमा भने पदीप पराजुली, सुदीप श्रेष्ठ र कमला न्यौपाने चयन भएका छन् । सचिवमा प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपााने चयन भएका छन् । मञ्जु नेपाल…
राष्ट्रियसभा निर्वाचनका लागि लोकतान्त्रिक वाम गठवन्धन सिन्धुपाल्चोकले थाल्यो सकृयता
चौतारा । लोकतान्त्रिक बाम गठवन्धन सिन्धुपाल्चोकले आगामी राष्ट्रिय सभा निर्वाचनको सवालमा गठवन्धन दलको केन्द्रीय कार्य समितिले गरेको निर्देशनलाई अक्षरस पालना गर्ने निर्णय गरेको छ । मंगलबार विपि अध्ययन केन्द्र चौतारामा बसेको. बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठवन्धन दलका साझा उम्मेद्वारलाई जीताउन सबै तह तप्का सकृयका साथ लाग्ने निर्णय गरेको हो ।नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, नेकपा समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा र जसपाका जिल्ला अध्यक्ष जगतबहादुर तामाङको उपस्थितिमा भएको बैठकले गठवन्धन दलका संपूर्ण उम्मेद्वाहरुलाई विजयी गराउन संपूर्ण मतदाताहरुलाई अपिल…
नयाँ धक्का दिएर क्रमभंग गर्ने प्रधानमन्त्रीको उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ धक्का दिएर आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्ष सुरुवात गर्ने बताउनुभएको छ । सुनसरीमा निर्माण गरिएको ४०० केभी विद्युत् सबस्टेशनको आज उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गर्न लागिरहेको सन्दर्भमा आफू नयाँ क्रमभंगको तयारीमा रहेको घोषणा गर्नुभएको हो । ‘म दोस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल शुरु गरेको एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर म क्रमभंग गर्दैछु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । यसमा आफूलाई जनताको साथ र समर्थन रहने पनि उहाँको विश्वास छ । केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि…
काँग्रेसद्वारा तिहार अघिका सबै कार्यक्रम स्थगित
नेपाली काँग्रेसले तिहार अघिका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । मध्यरातमा जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्प प्रभावित क्षेत्रमा गर्नुपर्ने उद्धारलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएपनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी दिएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा…
प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका रुपक सापकोटा नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका डा. रूपक सापकोटा नियुक्त भएका छन् । यसअघि चीनका लागि नेपाली राजदूत नियुक्तिमा चर्चा गरिएका सापकोटालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार बनाउनुभएको हो । हिजो बसेको क्याविनेट बैठकले उनलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गर्दै आएका उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । सन् २०१८ मा चीनको बेइजिङस्थित प्रसिद्ध…
