प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका डा. रूपक सापकोटा नियुक्त भएका छन् ।

यसअघि चीनका लागि नेपाली राजदूत नियुक्तिमा चर्चा गरिएका सापकोटालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार बनाउनुभएको हो । हिजो बसेको क्याविनेट बैठकले उनलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गर्दै आएका उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।

सन् २०१८ मा चीनको बेइजिङस्थित प्रसिद्ध रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका सापकोटासँग विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिसर्च फेलोका रुपमा पनि काम गरेको अनुभव छ । सापकोटाको चिनियाँ भाषामासमेत राम्रो दख्खल छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्