समाजवादी जिल्ला कमिटी सदस्यसहित ११० जना माओवादी केन्द्रमा प्रवेश

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चानको झण्डै २ सातापछि सिन्धुपाल्चोका समाजवदी भने माओवादीमा रुपान्तरित भएका छन् । आज माओवादी केन्द्रमा प्रवेश गर्नेहरु अधिकाँश एकीकृत समाजवादीसँग आवद्ध रहेका नेता कार्यकर्ता रहेका छन् ।


चौतारा । एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।


२०४८ सालदेखि एमालेमा सकृय रहँदै आएका महत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएका महतले बुधबार माओवादी केन्द्रका केन्द्रीय सदस्यत्रय कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले टीका र खादासहित स्वागत गर्नु भएको हो ।


नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेको माओवादी सिन्धुपाल्चोकले जनाएको छ ।
जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत आज सिन्धुपाल्चोक, चौतारा शहीद स्मृति भवनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले विचार र सिद्धान्तले माओवादी अझै अरु दलभन्दा अब्बल रहेको दावी गर्नुभयो । व्यवहारिक पक्षमा केही फितलोपन देखिएकाले माओवादी निर्वाचनको गणितले तेस्रो हुन पुगे पनि जनतालाई अधिकारले सुझझित गर्दै समान र समतामूलक र समावेशी राष्ट्र निर्माणका लागि माओवादीले कहिल्यै कसैसँग सम्झौता नगरेको बताउनुभयो । उहाँले मान्छेको पहिलो सर्त आत्मस्वाभिमान भएको उल्लेख गर्दै आत्मस्वाभिमानमा बाँच्नका लागि पार्टीले कुनै कञ्जुस्याँइ नगर्ने र कसैले पनि अपमान व्यहोर्नु नपर्ने जिकिर गर्नुभयो ।


केन्द्रीय सदस्य एवम् रुपान्तरण अभियान सिन्धुपाल्चोकका संयोजक हिमाल शर्माले पहिला माओवादीसँग जनता रहेको र बीचमा माओवादीहरु जनताबाट टाढा हुँदै गएको महसुस गर्दै अहिले जनतासँग माओवादी रहने उदेश्यका साथ ३ महिने अभियान थालेको प्रष्ट पार्नुभयो । ं जनताको सुखदुख, प्रगति, निर्माण, विकास र जनताकै ऐजेण्डाहरु बोकेर जनताकै माझमा रहने गरि आफूहरु प्रतिवद्ध रहेकोे जिकिर गर्दै केन्द्रीय सदस्य शर्मा माओवादीकाका कारण आएका उपलव्धीहरुलाई जनतालाई बुझाउन नसक्दा पार्टी सानो भएको उल्लेख गर्नुभयोे ।


केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले नेतामुखी बन्दै गएको पार्टीलाई जनतामुखी पार्टी बनाउने उदेश्य अनुरुपमा विशेष अभियान थालेको बताउनुभयो । उहाँले चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउने उदेश्यसँगै बढ्दो व्यवस्था विरुद्धमा उठेको आवाजलाई चिर्न पनि ३ महिने विशेष रुपान्तरण कार्यक्रम महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । व्यवस्था नै नरहेपछि हालसम्मका संपूर्ण उपलव्धी नै गुम्ने खतरा बढेको भन्दै केन्द्रीय सदस्य सापकोटाले गणतन्त्रणलाई संस्थागत गर्न र प्राप्त उपलव्धीलाई संस्थागत गर्न माओवादी नै पहिले रुपान्तरण हुनुपर्ने धारणा राख्नुभयो । पहिले माओवादी रुपान्तरण हुन जरुरी छ र माओवादी रुपान्तरित भएपछि मात्र सिंगो देशलाई रुपान्तरित गरेर लान सकिनेछ नेता सापकोटाले भने त्यसपछि मात्र गणतन्त्रको रक्षा गर्न सकिन्छ ।
माओवादी केन्द्रीय सदस्य एवम् जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, चौतारा साँगाचोकगढी नगरपालिकाका संयोजक गंगा पराजुलीको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन चौतारा साँगाचोकगढी नगर कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
जनजनमा माओवादी, मनमनमा माओवादी नाराका साथ गत भदौ १८ गतेबाट सुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जिल्ला, पालिका हुँदै वडातहसम्म पुगेको छ । अभियानमा खासगरि कार्यकर्ताले र जनताले माओवादी नेतृत्वसँग आफ्नो रिस पोख्ने र खुलेरै प्रश्न राख्ने गरेका छन् भने अभियानकर्ताले पनि जनताको प्रश्नको सही सम्वोधन गर्ने गरेका छन् । जनतासँग माओवादीमाथि साँचेको भ्रम चिर्न सफल भएको माओवादी नेताहरुको भनाईछ । अभियानले आगामी निर्वाचनमा माओवादीलाई पुन २०६४ कै शक्तिमा फर्काउने आँकलन गरिएको बताइन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्