काठमाडौं । डाक्टरको प्रेस्किप्सन बिनाको औषधि बोकेर दक्षिण कोरिया पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ अनुसन्धानको दायरामा तानिएका छन्। दक्षिण कोरियाली प्रहरीले उनलाई अनुसन्धान नसकेसम्म देश छाड्नका लागि रोक लगाएको हो । एक महिनाअघि उनी दक्षिण कोरिया पुगेका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले नेपाली राजदूत ज्योती प्याकुरेलका लागि औषधी लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या रहँदै आएको र राजदूत प्याकुरेलको आग्रहमा उनले सो औषधि बोकेर गएको बताइन्छ । पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी राजदूत प्याकुरेलले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर दीपशिखाले त्यो औषधीका लागि डाक्टरको अनुमतिपत्र भने बोकेका थिएनन्। इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नहुँदा त्यहाँका सुरक्षा अधिकारीले रोकेका थिए। दूतावासले उनलाई छुटाउनका लागि पहल गरे पनि कोरियाली कानुनअनुसार अनुसन्धान समाप्त नभएसम्म देश नछाड्नका लागि भनेको छ। कोरियास्थित नेपाली दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। वाइसीएल नेपालका इन्चार्जसमेत रहेका दीपशिखा अगस्टको १८ तारिकदेखि अनुसन्धानमा छन्। भन्सारको भेरिफिकेशन नसकिएसम्म कोरियाबाट नेपाल फर्कन नदिएको सत्य भएको भन्दै दीपशिखाले आफू नजरबन्द, गिरफ्तारीमा नपरेको बाताएका छन् । नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा पनि उनि विस्वस्त छन् । सिओलस्थित नेपाली राजदुतावासले पनि राजदूत प्याकुरेलका लागि विना प्रेस्कृप्सन औषधि ल्याएको कारण दीपशिखा रोकिनु परेको उल्लेख गरेको छ । सबै कागजात र प्रक्रिया पुरा भइसकेका कारण दीपशिखा चाडै नेपाल फर्कने पनि उल्लेख गरिएको छ ।
सिफारिस
-
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान... -
धनमायाको हत्यारामाथि थप अनुसन्धान, क्षतिपूर्ति र सुरक्षाको माग राख्दै जलबीरमा र्याली
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर... -
वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा
चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा ।...