सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगका १४ वटा पुल बाढीले बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका पक्की र झोलुङ्गे गरि १४ वटा पुल बगाएपछि आवतजावतमा नै समस्या भएको हो । गत असार १ गते मेलम्ची र याङ्ग्री खोलामा आएको बाढीले १२ वटा पुल बगाएको थियो । हेलम्बु गाउँपालिकाकै लाइफ लाइनको रुपमा रहेको चनौटेस्थित रातो पुल र ग्याल्थुम रहेको पाल्चोक जोड्ने झोलुङ्गे पुल सावन १६ गते फेरि मेलम्ची खोलामा आएको बाढीले बगाएपछि अहिले हेलम्बु क्षेत्रको जनजीवन कष्टर बनेको छ । चनौटेको रातो…
Category: समाचार
क्रान्तिकारीको अध्यक्षमा रोशन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकले पछिल्लोपटक संगठन विस्तार र निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा आज सदरमूकामस्थित चौतारा बहुमुखी क्यम्पसको कमिटी गठन गरेको छ । जसको अध्यक्ष्मा रोशन भुजेल चयन भएका छन् । अखिल क्रान्तिकारी क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सहसचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, त्यस्तै कोषाध्यक्षमा मनिका श्रेष्ठ निर्वाचित भएका छन् ।सम्मेलनले शिबहरी कार्की, सुदिप खत्री, दुर्गा कार्की, मुना तामाङ, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाली,…
यो वर्ष पनि नहुने भयो पाँचपोखरी मेला
यो वर्ष पनि नहुने भयो पाँचपोखरी मेलासिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धार्मिक एवम् पर्यटकीय स्थल पाँचपोखरीमा यो वर्ष मेला नलाग्ने भएको छ । प्रत्येक वर्ष जैनी पूर्णिमाको दिन मेला लाग्ने पाँचपोखरीमा कोरोना भाइरस संक्रमणका कारण यो वर्ष मेला स्थगन गरिएको हो ।मेला एवम् जात्राले कोरोना संक्रमण बढ्न सहयोग पुग्ने भन्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले यो वर्ष मेला भर्न पाँचपोखरी नआउन भक्तजनहरुलाई अपिल गरेको छ । गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो ।प्रत्येक जैन पूर्णिमाको दिन मेला भर्न देशको विभिन्न भागबाट हजारौंको संख्यामा पाँचपोखरी आउने गथ्र्यो । सामुन्द्रि सतहबाट ४…
सिन्धुपुत्र डा.दंगाल अन्तराष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ का डा. विनोद दंगाल अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । स्वास्थ्य र सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरे बापत डा. दंगाललाई एसिया अवार्डडेस संस्थाले अन्तराष्ट्रिय पुरस्कार दिने निर्णय गरेको हो ।एसियाकै ठूलो विजिनेश अवार्डको रुपमा स्थापित यो पुरस्कार भारतको तामिलनाडूमा अक्टोवर २४ तारिखमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।हाल चरिकोट अस्पताल, दोलखामा कार्यरत डा. दंगालले एकै स्थानमा १० वर्ष भन्दा बढी गुणस्तरिय सेवा दिएको, निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरेको र विद्युतीय प्रणालीको प्रयोग गरि कोभिड १९ को उपचारमा विशेष योगदान दिएको…
किरिया खर्च उपलव्ध गराउदै चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले मृतकको परिवारलाई किरिया खर्च उपलव्ध गराउँदै आएको छ । कुनै पनि कारणले मृत्यु भएकाहरुको परिवारलाई किरिया खर्चका लागि रु ५ हजार उपलव्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।आर्थिक वर्ष २०७८÷ ०७९ को नीति तथा कार्यक्रम अनुसार मृतक परिवारलाई किरिया खर्च उपलव्ध गराउँदै आएको हो । चालु आर्थिक वर्षको सावनदेखि उपलव्ध गराउँदै आएको किरिया खर्च हालसम्म १३ मृतक परिवारलाई प्रदान गरिसकेको छ । नेपालीहरुको मृत्यु संस्कार खर्चिलो हुने भएकोले असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले किरिया खर्च उपलव्ध गराउदै आएको मेयर अमानसिं तामाङले बताउनु भयो ।…
कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने
सोमबार परीक्षा स्थगन सम्वन्धी कतिपय मिडियाले समाचार बनाएपछि कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले बताए । काठमाण्डौं । सावन ३१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको हो ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका…
हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो
हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो ।चौतारा । शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटेस्थित रातो पुल बगाएको छ । बाढीले १७ भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ ।हेलम्बुको लाइफलाइनको रुपमा स्थापित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाको ६ वटा वडा, मेलम्ची नगरपालिकाको २ वटा वडा र पाँचपोखरी थाङपाल गाउँपालिकाको १ वटा वडामा आवतजावत गर्ने सडक मार्ग टुटेको छ ।शनिबार बेलुकीदेखि मेलम्ची खोलामा आएको बाढीले आइतबार विहान सो पुल बगाएको हो । पुल बगाएपछि हेलम्बुसँगको सम्पर्क संपूर्णरुपमा टुटेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनु भयो । हेलम्बु…
मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा
बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा…
स्वास्थ्य मापदण्ड पालना गर्न छोडेपछि तेस्रो भेरियन्टको चेतावनी ।
घट्दो सतर्कता, बढ्दो जोखिम ! चौतारा । स्वास्थ्य मापदण्ड पालनाप्रति आम नागरिकको वेवास्ता बढेसँगै जिल्लामा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुनेतर्फ विज्ञ तथा सरोकारवालाले सचेत गराएका छन् ।निषेधाज्ञा हटाएपछि समाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनाप्रति नागरिकले वेवास्ता गर्न थालेको निष्कर्ष निकाल्दै विज्ञ तथा सरोकारवालाहरुले सेचत रहन नागरिकलाई आग्रह गरेका हुन् ।जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमी आएपनि पूर्ण रुपले भाइरस नियन्त्रणमा आइनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।लकडाउन हटाएसँगै नागरिकहरुले मास्क, स्यानिटाईजरको प्रयोग गर्न छोडेकोप्रति चिन्तित हुँदै अधिकृत…
नेकपा माओवादी केन्द्रद्वारा बाढी प्रभावित ३ पालिकालाई ६७ लाख सहयोग
चाैतारा । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको ३ वटा पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) र नेता चन्द्र बहादुर थापाको विशेष पहलमा ३ वटा पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । बागमती प्रदेशभित्र नेकपा माओवादी केन्द्रले प्रतिनिधित्व गरेका स्थानीय तहहरुबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल् गाउँपालिकामा हस्तान्तरण गरिएको माओवादी नेता चन्द्रबहादुर थापा किशोरले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९…
