सिन्धुपुत्र डा.दंगाल अन्तराष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ का डा. विनोद दंगाल अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । स्वास्थ्य र सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरे बापत डा. दंगाललाई एसिया अवार्डडेस संस्थाले अन्तराष्ट्रिय पुरस्कार दिने निर्णय गरेको हो ।
एसियाकै ठूलो विजिनेश अवार्डको रुपमा स्थापित यो पुरस्कार भारतको तामिलनाडूमा अक्टोवर २४ तारिखमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
हाल चरिकोट अस्पताल, दोलखामा कार्यरत डा. दंगालले एकै स्थानमा १० वर्ष भन्दा बढी गुणस्तरिय सेवा दिएको, निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरेको र विद्युतीय प्रणालीको प्रयोग गरि कोभिड १९ को उपचारमा विशेष योगदान दिएको कारण दंगाललाई यो पुरस्कार दिने निर्णय गरेको हो । यो अवार्डका लागि २० भन्दा बढी देशहरु सहभागि भएका थिए ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा ७ कल्लेरीमा जन्मनु भएको डा. दंगालले स्थानीय ज्ञानमन्दिर माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि भानुभक्त मेमोरियल स्कूल काठमाण्डौंमा अध्ययन गर्नु भएको थियो । चीनबाट एमविविएस गरेका डा. दंगाल त्रिभूवन विश्वविद्यालयबाट एमडि गर्दै उत्कृष्ट विद्यार्थीको रुपमा गोल्ड मेडल समेत प्राप्त गर्नु भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्