अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकले पछिल्लोपटक संगठन विस्तार र निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा आज सदरमूकामस्थित चौतारा बहुमुखी क्यम्पसको कमिटी गठन गरेको छ । जसको अध्यक्ष्मा रोशन भुजेल चयन भएका छन् । अखिल क्रान्तिकारी क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सहसचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, त्यस्तै कोषाध्यक्षमा मनिका श्रेष्ठ निर्वाचित भएका छन् ।
सम्मेलनले शिबहरी कार्की, सुदिप खत्री, दुर्गा कार्की, मुना तामाङ, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाली, संगिता श्रेष्ठ, युवराज श्रेष्ठ, सुकुला बस्नेत, निरुता बस्नेत र रश्मि श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।
सम्मेलनमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन लामाले विद्यार्थीहरु राजनीतिबाट अछुतो हुन नसक्ने बताए । भोलि यही विद्यार्थी नै देश हाँक्ने राजनेता बन्ने छ, त्यसैले राजनीतिबाट विद्यार्थी टाढा हुन सक्दैन अध्यक्ष लामाले भने ।
सम्मेलनमा अखिल क्रान्तिकारी जिल्ला आयोजक कमिटि सदस्य क्षितिज तामाङ, बेली दुलाल, हरि पौडेल, अर्जुन शर्मा लगायतकोले नयाँ कमिटी शुभकामना व्यक्त गरे ।
सम्मेलन क्यम्पस कमिटि अध्यक्ष प्रविण चौलागाईंको अध्यक्षतामा भएको थियो ।
क्रान्तिकारीको अध्यक्षमा रोशन
