चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले मृतकको परिवारलाई किरिया खर्च उपलव्ध गराउँदै आएको छ । कुनै पनि कारणले मृत्यु भएकाहरुको परिवारलाई किरिया खर्चका लागि रु ५ हजार उपलव्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷ ०७९ को नीति तथा कार्यक्रम अनुसार मृतक परिवारलाई किरिया खर्च उपलव्ध गराउँदै आएको हो । चालु आर्थिक वर्षको सावनदेखि उपलव्ध गराउँदै आएको किरिया खर्च हालसम्म १३ मृतक परिवारलाई प्रदान गरिसकेको छ । नेपालीहरुको मृत्यु संस्कार खर्चिलो हुने भएकोले असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले किरिया खर्च उपलव्ध गराउदै आएको मेयर अमानसिं तामाङले बताउनु भयो । किरिया खर्र्च उपलव्ध गराउनका लागि चालु आर्थिक वर्षको बजेटमा २० लाख रुपैया विनियोजन गरेको पनि मेयर तामाङले जानकारी दिनु भयो ।
किरिया खर्च उपलव्ध गराउदै चौतारा साँगाचोकगढी नगरपालिका
