सोमबार परीक्षा स्थगन सम्वन्धी कतिपय मिडियाले समाचार बनाएपछि कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले बताए ।
काठमाण्डौं । सावन ३१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।
कोभिड १९ को तेस्रो लहरको जोखिम बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।
‘ परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने मन्त्री श्रेष्ठले बताए । कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।
सोमबार परीक्षा स्थगन सम्वन्धी कतिपय मिडियाले समाचार बनाएपछि कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले बताए ।
ुसाउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन, पौडेलले भने ुपरीक्षाका लागि आवश्यक तयारी जारी छ ।ु
कोरोना भाईरस ९कोभिड – १९० को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।