सिन्धुपाल्चोकको उत्तर पश्चिमी क्षेत्रको जनजीवन कष्टकर बन्दै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगका १४ वटा पुल बाढीले बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका पक्की र झोलुङ्गे गरि १४ वटा पुल बगाएपछि आवतजावतमा नै समस्या भएको हो ।

गत असार १ गते मेलम्ची र याङ्ग्री खोलामा आएको बाढीले १२ वटा पुल बगाएको थियो । हेलम्बु गाउँपालिकाकै लाइफ लाइनको रुपमा रहेको चनौटेस्थित रातो पुल र ग्याल्थुम रहेको पाल्चोक जोड्ने झोलुङ्गे पुल सावन १६ गते फेरि मेलम्ची खोलामा आएको बाढीले बगाएपछि अहिले हेलम्बु क्षेत्रको जनजीवन कष्टर बनेको छ ।

चनौटेको रातो पुल बगाएपछि हेलम्बुको ६ वटा वडा, मेलम्चीको २ वटा र पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा सडक सञ्जालबाट विच्छेद भएको छ । यी क्षेत्रबाट मेलम्चीसम्म आइपुग्न पनि पैदल हिडेर घण्टौ समय लाग्ने भएपछि सुत्केरी र विरामीहरु बढी मारमा परेका छन् । सामान्य रोग लागि स्वास्थ्य संस्थासम्म जान पनि मुश्किल छ भने सवारी साधनको साटो स्टे«चरको प्रयोग बढ्न थालेको छ ।
यातायातका लागि बैकल्पिक मार्ग नहुनु र पैदल मार्ग कष्टरकर हुनुले हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा खाद्यान्न संकटको संभावना बढ्दै गएको छ । खासगरि हेलम्बुको किउलदेखि माथिल्लो भेगका सबै पुल र सडक संरचना बाढीले बगाएपछि त्यहाँ खाद्या संकट बढ्दै गएको हेलम्बु गाउँपालिकाका चण्डिका श्रेष्ठले जानकारी दिनु भयो । खाद्य संंकटको समस्यालाई मध्यनजर गर्दै हेलम्बु र पाँचपोखरी गाउँपालिकाले वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार अहिले मेलम्चीबाट हेलम्बु जोड्ने एउटै मात्र झोलुङ्गे पुल बाँकी छ । त्यही पुल छिचोलेर हेलम्बु आवतजावत भइरहेता पनि गोरेटा बाटाहरु असहज र लामो दुरीका कारण जनजीवन कष्टप्रद बन्दै गएको छ । यातायात सञ्चालनका लागि मेलम्ची ७ विचारीचौरको सडक मर्मत गरिएको छ । जुन बाटोबाट मेलम्ची बगैंचा हुँदै हेलम्बुको किउल, चनौट,े पाल्चोक र शेर्माथाङ पुग्न सहज हुने छ भने यही बाटो प्रयोग गरेर पाँचपोखरी थाङगपाल गाउँपालिकाको बासखर्क र बरुवा पुग्न सहज हुने छ ।
वैकल्पिक सडकको रुपमा अहिले गाउँपालिकाले काठमाण्डौ नारायणटारबाट भोटचौर, धुसेनी, मानेभञ्याङ्ग, चापबोट, तालामाराङ बजार हुँदै तत्काललाई ढुङ्ग्रे बजारसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनााम्लाङ हुँदै सदरमुकाम चौताराबाट काठमाण्डौं पुग्ने वैकल्पिक बाटो मर्मत गरिएको अध्यक्ष टासी हेल्मोले जाकारी दिनु भयो । अर्कोतिर बाढीले विद्युत संरचनामा क्षति पु¥याएको कारण महिनौदेखि हेलम्बुबासी अन्धकारमा बस्न वाध्य छन् ।

तुइनकाे लािग तयारी

बाढीले ठाउँठाउँमा सडक बगाउनका साथै भएका अधिकाँश पुलहरु पनि बगाएपछि सरकारले तत्काललाई हेलम्बु जोड्न ४ वटा यान्त्रिक पुल बनाउने निर्णय गरेको छ । जसको जिम्मा नेपाली सेनालाई दिइएको छ । वागमति प्रदेश सरकारले पनि ३ वटा बेलिव्रिज बनाउने निर्णय गरिसकेको छ । नेपाली सेना र स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय विपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले १५ दिनभित्र पुल राख्न सर्वे समेत गरिसकेको वागमति प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले जानकारी दिनु भयो । सिन्धु इञ्जिनियरिङ समाजले चनौटेमा तुईन जडानका लागि पहल गर्दै छ भने वागमति प्रदेश सदस्य युवराज दुलालको सहयोगमा स्थानीयहरुको सक्रियतामा चनौटेमा तुइन निर्माणको काम धमाधम हुँदै छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्