लायन्स सिन्धु चौताराको अध्यक्षमा पुनः सन्देश श्रेष्ठ

चौतारा । लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीको अध्यक्षमा पुनः सन्देश श्रेष्ठ चयन हुनुभएको छ ।बिहीबार चौतारामा सम्पन्न क्लबको दोस्रो साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।क्लबको प्रथम उपाध्यक्षमा भगवान खड्का र द्वितीय उपाध्यक्षमा लाक्पा तामाङ सर्वसम्मत चयन भएको छ। क्लब डाइरेक्टरमा भने श्यामकृष्ण श्रेष्, राकेश राना र रामकृष्ण दंगाल चयन हुनुभएको छ ।त्यस्तै रविन गौतम सचिबमा र सहसचिवमा रमेश श्रेष्ठ चयन हुनुभएको छ भने कोषाध्यक्षमा बिकाश दुलाल र सहकोषाध्यक्षमा नितेश प्रधान चयन हुनुभएको छ ।उद्घाटन सत्रमा प्रमुख अतिथि एवम सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सामाजिक सहकार्यका…

चौतारामा मोबाइल पत्रकारिता तालिम सुरु

सिन्धुपाल्चोक । बिहीबारदेखि सिन्धुपाल्चोक जिल्लाको चौतरामा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । बैशाख ३१ गतेसम्म संचालन हुने तालिममा पहिलो दिन विकास कार्कीले सहजीकरण गरिरहनुभएको छ । बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजनामा भएको तालिममा मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं र दोलखाका २६ जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारको गुणस्तर वृद्धि र नागरिकले सही सुचना पाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । मोवाइलबाटै पत्रकारिताको अभ्यासलाई सम्भव र सहज हुने अवस्थाका कारण बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले गत वर्ष पनि मोवाइल पत्रकारिताको तालिम सञ्चालन गरेको…

जन्ती बोकेको गाडी झ्याडीमा दुर्घटना

सिन्धु हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको छ ।जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती १० पाटिगाउ हिडेकाे गाडी चाैतारा साँगाचाेकगढी न.पा वडा न ७ झ्याडीमा ब्रेक फेल हुदा दुर्घटना भएकाे छ । घटनामा करिव ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी र ऐम्बुलेन्स पुगेर उद्दार हुदै छ भने घाइतेको चौतारा अस्पतालमा हुँगरेको एसपी बाल नरसिं राणाले जानकारी दिनुभयो । घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बिसौनीbisouni.com

स्वास्थ्य क्षेत्रमा लगानी अनुसार प्रतिफल प्रप्त भएन- मन्त्री बस्नेत

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राज्यले प्रसस्तै लगानी गरे पनि प्रतिफल भने नदेखिएको बताउनु भएको छ ।मन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा मन्त्रालयले अफ्नो काममा सुधार गर्दै कर्मचारीलाई पुरस्कार र दण्डको ब्यबस्था गर्ने बताउनुभयो ।उहाँले स्वास्थ्य बीमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनका साथै उपचार पद्धति पनि सरल बनाइने बताउनुभयो । “स्वास्थ्य बीमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बीमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार…

घट्दै घरेलु हिंसा, बढ्दै आत्महत्या

चार महिनाको अवधिमा ३१ फरार अपराधी पक्राउ गरी उनिहरुलाई २६ वर्ष ६ महिना १ दिन कैद सजाय र जरिवाना वापत ६७ लाख ७२ हजार ४ सय ९ रुपैया असुल गरिएको पनि प्रहरी उपरिक्षक राणाले जानकारी दिनुभयो । सिन्धुपाल्चोक , स्थानीय तहमा न्यायिक समिति गठन भए सँगै सिन्धुपाल्चोकका प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनामा कमी भएको छ । न्यायिक समितिहरुले घरेलु हिंसा लगायतका विवाद मिलाएका कारण प्रहरीमा जाने उजुरीको संख्यामा कमी आएको हो ।घरेलु हिंसामा कमी आए पनि आत्महत्या, जर्बजस्तिकरणीका घटनामा भने बृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक बाल…

चौतारा बजारमा फायर सेफ्टी यन्त्र जडान

हाललाई टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ । आगलागीको जोखिम नियन्त्रण गर्नका साथै क्षति न्यूनिकरणका लागि जिल्ला सदरमुकाम चौतारामा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ घुसर) जडान गरिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र जडान गरिएको हो ।बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने क्लब अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । जडान गरिएको…

हेलम्बुमा भएको आइचर दुर्घटनामा एक महिलाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे  हेलम्बुमा आइचर ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सोमबार साँझ हेलम्बु गाउँपालिका २ ढोडीनीको भित्री सडकमा  बा४ ख ५३८२ नम्बरको आइचर ट्रक दुर्घटनामा परेको थियाे ।  दुर्घटनामा परि हेलम्बु २ ढोडेनी बस्ने बर्ष ३० को पेमा तामाङको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा घाइते  दुई जनालाई मेलम्ची नगर अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । गाडी आफैँ ब्रेक फेल भई पछाडि गुड्दा सडक भन्दा १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

चौरी पालक किसान भन्छन् – खोई अनुदान ?

खर्कमै जन्मनु भएकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा हुनुहुन्छ । खर्कमा चौंरी चराउनु, हेरचाह गुर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ – शेर्पाले भन्नुभयो ।सामुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लश्कर देख्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोत चौंरी पालन हो । चौंरीको दुध र छुर्पी बेचेरे नै यहाँका किसानहरुले गुजारा चलाउँदै आएका छन् ।वर्षको नौ महिन चौरी पालनका लागि खर्कमा नै विताउने गरेका…

जेष्ठ नागरिकहरुको सम्मानका लागि सधैं समर्पित छु – मेयर सापकोटा

जेष्ठ नागरिकहरुको सम्मानका लागि सधैं समर्पित छु – मेयर सापकोटाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जेष्ठ नागरिकहरु समाजका अमूल्य निधि भएको बताउनु भएको छ ।जेष्ठ नागरिक जिल्ला संघ सिन्धुपाल्चोकले शनिबार चौतारामा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले जेष्ठ नागरिकहरुको सम्मान, आत्मस्वाभिमानका लागि नगरपालिका सधैं समर्पित रहने बताउनु भयो । जेष्ठ नागरिकहरुले सामाजिक भत्ता बुझ्न बैंक धाउनु पर्ने बाध्यताको अन्य गर्न नगरपालिकाबाट पहल समेत भइ रहेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद सुभाष कर्माचार्यले जेष्ठ नागरिकहरु उमेरले मात्र नभई अनुभव, ज्ञान र सीपले पनि…

महेन्द्रद्वयले बुझायाे संसदलाई गुरुयोजना

निर्मल बस्नेत / थुम्पाखर२३ बैशाख २०८० । महेन्द्रद्वय माध्यमिक बिद्यालय सुनकाेशी गाउँपालिका -६ पाटीडाँडाले सिन्धुपाल्चोक संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद माधवप्रसाद सापकोटालाई १६ बुँदे गुरुयोजना बुझाएका छन् । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम बहादुर पाख्रिनले शनिबार सांसद सापकोटालाई गुरुयोजना हस्तान्तरण गरेका हुन् ।गुरुयाेजना बुझ्दै सांसद सापकोटाले संघिय शिक्षा ऐन व्यवस्था गर्नका लागि आफू लागिपरेको बताए ।उनले शिक्षामा नयाँपन दिन सम्बद्घ पक्षहरूसँग छलफल भईरहेकाे समेत जानकारी गराए ।समग्र समस्याहरुकाे समाधान शिक्षा ऐनले मात्र संभव रहेकाेले साेकाे लागि रचनात्मक सहयाेगकाे खाँचाे रहेकाे बताउदै बिद्यालयकाे गुरुयोजनामा सहयाेगि निकायसँग समन्वय गरि सहयाेग…