काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राज्यले प्रसस्तै लगानी गरे पनि प्रतिफल भने नदेखिएको बताउनु भएको छ ।
मन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा मन्त्रालयले अफ्नो काममा सुधार गर्दै कर्मचारीलाई पुरस्कार र दण्डको ब्यबस्था गर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य बीमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनका साथै उपचार पद्धति पनि सरल बनाइने बताउनुभयो । “स्वास्थ्य बीमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बीमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”
स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताउनुभयो । स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको उहाँको भनाई थियो ।