चौतारा बजारमा फायर सेफ्टी यन्त्र जडान

हाललाई टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ ।

आगलागीको जोखिम नियन्त्रण गर्नका साथै क्षति न्यूनिकरणका लागि जिल्ला सदरमुकाम चौतारामा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ घुसर) जडान गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र जडान गरिएको हो ।
बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने क्लब अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । जडान गरिएको अग्नि नियन्त्रण सानो, हलुको र गुडाउन मिल्ने हुनाले जता लान पनि सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।
नगरपालिकाकाका विपद व्यस्थापन फोकल पर्शन चिरञ्जिीवी कट्टेलका अनुसार चौतारा बजारमा अन्य विपदको संभावना न्यून रहेको र आगालागिको समस्या वस्र्यौनि देखिएको हुनाले फायर सेफ्टीको व्यवस्थापन गरिएको हो ।
हाललाई टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्