घट्दै घरेलु हिंसा, बढ्दै आत्महत्या

चार महिनाको अवधिमा ३१ फरार अपराधी पक्राउ गरी उनिहरुलाई २६ वर्ष ६ महिना १ दिन कैद सजाय र जरिवाना वापत ६७ लाख ७२ हजार ४ सय ९ रुपैया असुल गरिएको पनि प्रहरी उपरिक्षक राणाले जानकारी दिनुभयो ।

रुपक पुरी

सिन्धुपाल्चोक , स्थानीय तहमा न्यायिक समिति गठन भए सँगै सिन्धुपाल्चोकका प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनामा कमी भएको छ । न्यायिक समितिहरुले घरेलु हिंसा लगायतका विवाद मिलाएका कारण प्रहरीमा जाने उजुरीको संख्यामा कमी आएको हो ।
घरेलु हिंसामा कमी आए पनि आत्महत्या, जर्बजस्तिकरणीका घटनामा भने बृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक बाल नरसिंह राणा २०७८ पुस २२ गतेदेखी सिन्धुपाल्चोक प्रहरी प्रमुख भएदेखी हालसम्म दर्ता भएका मुद्धामा घरेलु हिंसा सम्वन्धी घटना २१ वटा मात्रै उजुरी दर्ता भएका छन् ।


चालु वर्षको ४ महिनामा ३५ बालिका हराएकोमा २९ फेला परेका छन् । ६ बालिका अझै फेला परेका छैनन । चालु वर्षको ४ महिनाको अवधीमा ४० जनाले आत्महत्या गरेका छन् । आत्महत्याको दर दिनदिनै बढिरहेको प्रहरीले जानकारी दिएको छ ।
चार महिनाको अवधिमा ९८ वटा मुद्धा दर्ता भएका थिए । दर्ता भएका मध्ये ४८ वटा मुद्दा मिलापत्र भएका छन् । ५० वटा मुद्धा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरी उपरिक्षक राणा सिन्धुपाल्चोक आएसँगै ४ हजार ६ सय १६ सवारी साधन लाई ट्राफिक कारबाही गरी ४४ लाख २० हजार ५ सय जरिवाना बावतको राजश्व सँकलन भएको छ । त्यसैगरी गैरकानुनी नदि उत्खनन तथा दोहन गर्ने ९ वटा सवारी साधनलनई कार्वाही गरी १ लाख ७० हजार राजश्व सँकलन भएको प्रहरीले पत्रकारहरुसँगको भेटघाटमा जानकारी दिएको छ ।
चार महिनाको अवधिमा ३१ फरार अपराधी पक्राउ गरी उनिहरुलाई २६ वर्ष ६ महिना १ दिन कैद सजाय र जरिवाना वापत ६७ लाख ७२ हजार ४ सय ९ रुपैया असुल गरिएको पनि प्रहरी उपरिक्षक राणाले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्