सिन्धुपाल्चोक । बिहीबारदेखि सिन्धुपाल्चोक जिल्लाको चौतरामा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । बैशाख ३१ गतेसम्म संचालन हुने तालिममा पहिलो दिन विकास कार्कीले सहजीकरण गरिरहनुभएको छ ।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजनामा भएको तालिममा मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं र दोलखाका २६ जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारको गुणस्तर वृद्धि र नागरिकले सही सुचना पाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
मोवाइलबाटै पत्रकारिताको अभ्यासलाई सम्भव र सहज हुने अवस्थाका कारण बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले गत वर्ष पनि मोवाइल पत्रकारिताको तालिम सञ्चालन गरेको थियो । मकवानपुरबाट समृद्ध समाज दैनिककी संवाददाता जमुना थिङ पनि सहभागी हुनुहुन्छ ।