चौतारा । लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीको अध्यक्षमा पुनः सन्देश श्रेष्ठ चयन हुनुभएको छ ।
बिहीबार चौतारामा सम्पन्न क्लबको दोस्रो साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा भगवान खड्का र द्वितीय उपाध्यक्षमा लाक्पा तामाङ सर्वसम्मत चयन भएको छ। क्लब डाइरेक्टरमा भने श्यामकृष्ण श्रेष्, राकेश राना र रामकृष्ण दंगाल चयन हुनुभएको छ ।
त्यस्तै रविन गौतम सचिबमा र सहसचिवमा रमेश श्रेष्ठ चयन हुनुभएको छ भने कोषाध्यक्षमा बिकाश दुलाल र सहकोषाध्यक्षमा नितेश प्रधान चयन हुनुभएको छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि एवम सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सामाजिक सहकार्यका लागि प्रशासनक कार्यालय सामाजिक संस्थासँग समन्वय गर्न तयार रहेको बताउनुभयो ।।
कार्यक्रममा प्रमुख सेनानी महेश्वर सिलवाल, प्रहरी उपरीक्षक बालनरसिं राणा, पत्रकार महासंघ अध्यक्ष जीवन श्रेष्ठ, लायन्स इन्द्रबहादुर कार्की र लायन्स क्लब अफ काठमाडौ चौतारा सिटीका अध्यक्ष पवन सापकोटाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम बिकास दुलालको सञ्चालन र सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो भने स्वागत दिनेश नेपालले गर्नु भएको थियो ।
लायन्स सिन्धु चौताराको अध्यक्षमा पुनः सन्देश श्रेष्ठ
