सन्तानका रहर पुगेकालाई स्थाइ वन्ध्याकारण गर्दै जनस्वास्थ्य
चौतारा । के तपाईलाई सन्तानको रहर पुगिसकेको छ ? कि जन्मान्तर राख्न चहानु भएको छ ? छ भने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सन्तानका रहर पुगिसकेकाहरुलाई स्थाइ वन्ध्याकरण भ्यसेक्टोमी र जन्मान्तर राख्न चहाने दम्पतिलाई परिवार योजनाको साधन इम्प्लान्ट तथा आइ.यु.सि.डिको निशुल्क शिविरको आयोजना गर्दैछ ।
जनस्वास्थ्य कार्यालयले जिल्लाका तीन स्थानीयतहलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
स्थानीय तहसँगको सहकार्य एव्म समन्वयमा यो कार्यक्रम यही फागुनको २२ गतेबाट सुरु हुँदैछ । फागुन २२ गते मेलम्ची नगरपालिकास्थिथत मेलम्ची स्वास्थ्य केन्द्रमा यी दुबै सेवा निशुल्क हुनेछ भने भोलिपल्ट अर्थात फागुन २३ गते इन्द्रावती गाउँपालिकास्थित भीमटार स्वास्थ्य चौकीमा शिविर सञ्चान हुनेछ ।
महिलाका लागि लामो अवधिको परिवार योजना सेवा इम्प्लान्ट र आई.यु.सि.डि तथा पुरुषहरुका लागि स्थाइ वन्ध्याकारण दुबै सेवा सँगसँगै उपलव्ध हुने यो शिविर सुनकोसी गाउँपालिकास्थित पाङ्ग्रेटार स्वास्थ्य चौकीमा भने फागुन १५ गते सञ्चालन हुने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मौकाको फाइदा उठाउन र थप जानकारीका लागि नजिकको महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी अथवा विद्यालय नर्ससँग सम्पर्क राख्न जनस्वास्थ्य प्रमुख बजगाइले अनुरोध गर्नुभयो । उहाँको अनुसार सबै ठाउँमा विहान ८ बजेबाट शिविरमा सेवा सुचारु हुनेछ ।
यी तीन पालिकामा भोलिबाट स्थाई बन्ध्याकरण र इम्प्लान्ट /आइ.यु.सि.डिको शिविर हुँदै
