म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

football

एजेन्सी, असार १८, २०८२ । स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा युभेन्टसलाई १-० गोलले पाखा लगाउँदै म्याड्रिड अन्तिम ८ मा पुगेको हो ।  हार्ड रक स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड १-० गोलले विजयी भएको हो ।  अब म्याड्रिडले क्वाटरफाइनलमा डर्टमण्ड र मोन्टेरीबीच हुने खेलको…

महिला फुटबलः नेपाल र श्रीलङ्का भिड्ने

women football

काठमाडौँ, असार १८, २०८२। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ । फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्काे वर्ष…

बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै

eye health

बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै रोपाईको मेलो धमाधम चल्दैछ । असार १५ को झरिलो विहान । एकतिर धान दिवसको राष्ट्रिय उत्सव अर्कोतिर दहीचिउरा खाने साँस्कृतिक पर्व । फेरि पनि यी सबै चटारो र हतारोलाई छोडेर सिन्धुपाल्चोक, जलबीरेका स्थानीयहरु जलबीरे स्वास्थ्य केन्द्र बलेफीमा ओइरिएका थिए । धान रोप्ने चटारोभन्दा पनि आफ्नो आँखा परीक्षण गर्ने हतारोमा स्थानीयहरु देखिन्थे । नदेखोस पनि कसरी ? आँखा जो जीवनको नै संपूर्णता हो । यही आँखाको स्वाथ्यमा नै गडबड भयो भने सारा संसार नै अन्धकार हुने निश्चित नै छ । त्यसैले…

कृषिमा चौताराले के-के गर्‍यो ?

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न काम गरेको छ । चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिँदै वडानम्बर ६ र १४ मा ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ । ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम अनुसार वडा नम्बर ६ र १४ मा व्यवसायिक ड्रागन खेती गर्ने फर्महरूसँग कार्यक्रम सम्झौता गरी कार्यान्यनमा रहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए । उनका अनुसार माटो परिक्षण घुम्ती शिविर कार्यक्रम तर्फ नगरपालिका भित्रका कृषकहरुले उपलब्ध गराएको २३४ वटा माटोको नमुना परिक्षण गरिएको छ । कृषि चुन वितरण कार्यक्रमतर्फ माटो…

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न

जीवन कुवँर इकाजबाट

काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ २०७९ सालमा निर्वाचित भए । निर्वाचित लगत्तै स्वागत कार्यक्रम राखियो वडानम्बर ३ स्थित किटिनेमा । उक्त स्वागत कार्यक्रममा किटिनेकै एक महिलाले सापकोटालाई प्रश्न गरिन्- ‘तपाईं आउँदा पनि त्यहि बाटो भएर आउनु भयो । बाटोको हालत पनि देख्नुभयो होला ! पुल नभएको त झनै भन्नै पर्दैन् होला ! तपाईंको दाइ (अग्निप्रसाद सापकोटा)ले पनि जितेर जानु भयो । अब तपाईं के गर्नुहुन्छ ?’ ति महिलाको प्रश्न वास्तविकता तर गम्भीर र मनछुने पनि थियो । भर्खरै मेयरमा निर्वाचित सापकोटाले पुल बनाइदिन्छु भन्ने अवस्था पनि थिएन्,…

जुगल गाउँपालिकामा नमुना युवा गाउँसभा सम्पन्न

जुगल गाउँपालिकामा नमुना युवा गाउँसभा सम्पन्न

मिलन लामा चनौटे, सिन्धुपाल्चोक — “स्थानीय शासनलाई बुझौँ, नेतृत्व गर्न सिकौँ” भन्नेमूल नाराका साथ जुगलगाउँपालिकामा तीन दिवसीय अभ्यासमूलक कार्यक्रम‘नमुना युवा गाउँसभा सम्पन्न भएको छ। कार्यक्रमा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबाट प्रतिनिधित्व गर्ने ३५ जना छात्रछात्राहरुको उपस्थिति थियो । कार्यक्रम जुगल गाँउपालिकाको अध्यक्ष रेसम स्याङ्वोले उद्घाटन गरेका थिए। विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता विकास, राजनीतिक चेतना, योजना निर्माण प्रक्रिया र गाँउ सभा सञ्चालन अभ्यास गरि व्यवहारिक ज्ञान प्रदान गरेको छ। स्थानीय सरकारको प्रणाली, विशेष गरी गाउँसभा प्रक्रियाबारे युवाहरुलाई प्रत्यक्ष अभ्यास गराउने उदेश्यका साथ सुरु भएको नमूना गाउँसभा कार्यक्रम जुगल गाउँपालिकाको आर्थिक सहयोग र इन्साइट…

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमासिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङलाई एक बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरेको छ । २१ बर्षिय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बालिका २०८२ असार १० गते राति हराएको र भोलिपल्ट बिहान उनको शव…

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने

SEE result 2081/082

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।  यतिखेर नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ  ।  एसईई परीक्षा बोर्डका  परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि  नतिजा प्रकाशन गरिने रेडियो नेपाललाई जानकारी दिनुभयाे ।  यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी  छन् ।  (यशोधा अधिकारी / रेडियोनेपाल अनलाइनबाट…

योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालनचौतारा । ११ औं अन्तराष्टिय योग दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित नारायस्थानमा योग केन्द्र सञ्चालन आएको भएको छ । नारायणस्थान, महाकाली वन परिसरमा रहेको समुदायिक भवनलाई योग साधना केन्द्रको रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माण कार्य पुरा गरेपछि शनिबारबाट योग साधना केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।सामुदायिक भवनको रुपमा निर्माण भएको सो भवनमा झ्याल, ढोका र शौचालय नगरपालिकाको तर्फबाट निर्माण भएकोछ । शौचालय निर्माण भए पनि सेफ्टी ट्याँकी भने निर्माण हुन सकेको छैन ।आज विहान आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालयको आयोजनामा…

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दायरसंगै सांसद पदबाट निलम्वित

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  सिन्धुपाल्चोक जिल्ला क्षेत्र न २ बाट नेपाली काँग्रेसबाट जितेका सांसद बस्नेतसहित अन्य १५ जनाविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ । मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर…