पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दायरसंगै सांसद पदबाट निलम्वित

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सिन्धुपाल्चोक जिल्ला क्षेत्र न २ बाट नेपाली काँग्रेसबाट जितेका सांसद बस्नेतसहित अन्य १५ जनाविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भए सांसद पद स्वत निलम्बित हुने व्यवस्था रहेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्