डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजू
चौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका
डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजू
चौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका
ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजू
चौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लामा ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोक जिल्ला शाखा गठन भएको छ ।
आईतवार वरिष्ठ पत्रकार सुरेश कसजुको अध्यक्षतामा १५ सदस्य सहितको जिल्ला शाखा गठन भएको हो ।
सदस्यहरुमा नेपाल स्काउट सिन्धुपाल्चोकबाट मिना देवी श्रेष्ठ, सेवा कम्युटर चौताराका प्रभात श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकबाट दिपक खत्री, लायन्स क्लब काठमाडौ चौतारा सिटिबाट रमेश दुलाल सदस्य चयन भएका छन् । यसैगरी निमार्ण ब्यवसायी संघ सिन्धुपाल्चोकबाट कमल श्रेष्ठ, भुलभुले युवा क्लबबाट प्रल्हाद वि.क, चौतारा स्पोर्टिङ क्लबबाट सविन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघबाट निर्मल बस्नेत, महिला शशक्तिकरणबाट सरोजा श्रेष्ठ सदस्य रहेका छन् ।
यसैगरी किउल साना किसान कृषि सहकारी संस्थाका रवि भण्डारी, इन्सुरेन्स माइक्रो फाइनान्स क्लबबाट पवन सापकोटा, सामाजिक अभियान नेपालका लक्ष्मण सिलवाल, रेडियो मेलम्चीबाट दिपक विक्रम देउजा, सुनौलो विहानी अभियानबाट सुजता सापकोटा, लायन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटिबाट राकेश राना सदस्यमा चयन भएका छन् ।
विभिन्न स्वास्थ्यकर्मी, रक्तदाता, सामाजिक अभियन्ता तथा स्थानीय संस्थाहरुको प्रतिनिधिको सहभागीतामा जिल्ला शाखा गठन गरियो । जिल्ला शाखाको नव गठित समितिको पहिलो बैठकले पदीय जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ ।
ब्लड डोनर्स एसोसियसनका केन्द्रिय सदस्य खिलनाथ सिग्देललाई सिन्धुपाल्चोकको जिम्मेवारी तोकिएको छ । शाखाले निकट दिनमा चौतारामा ब्लड बैंक स्थापना र रक्तदानको महत्त्व र नियमित रक्तदानले समाजमा पार्ने सकारात्मक प्रभावबारे अभियान संचालन गर्ने अध्यक्ष कसजुको भनाई छ । नवगठित समितिले आगामी दिनमा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम, रक्तदान शिविर तथा आकस्मिक रक्त सहयोग जस्ता कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने नियम छ ।
ब्लड डोनर्स एसोसियसन नेपाल मातहत रहने उक्त शाखाले सिन्धुपाल्चोक जिल्लाभर रक्तदान अभियानलाई प्रवद्र्धन गर्दै आवश्यक व्यक्तिहरूलाई शीघ्र र सुरक्षित रक्त उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यसैबीच ब्लड डोनर्स एसोसिएसन नेपालले सामाजिक क्षेत्रमा सक्रिय दश संघ संस्थाहरुको सह आयोजनामा चौतारामा रक्तदान कार्यक्रम समेत आईतबार सम्पन्न गरेको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ शाखा, कन्चन स्मृति ग्राम पुस्तकालय, सुनौली विहानी, लायन्स क्लब अफ सिन्धु चौतारा सिटि, चौतारा स्पोर्टिङ क्लब, भुलभुले युवा क्लब, महिला सशक्तीकरण तथा बालबालिका उत्थान, सेवा कम्युटर चौतारा र नेपाल रेडक्रस चौतारा शाखाको सह आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।