बिदाको साटो रचनात्मक कार्यसँगै मनाइयो चौतारामा जनयुद्ध दिवस ।
चौतारा । जनयुद्ध दिवसको अबसरमा गत बर्ष नगरमा सार्वजनिक बिदा घोषणा गरेको चौतारा साँगाचोकगढी नगरपालिकाले यसपटक भने सार्वजनिक बिदा दिएन । ३० औं जनयुद्ध दिवसको अवसरमा नगरपालिका बिदाको साटो रचनात्मक कार्य गरेकोछ ।
दस बर्षिय जनयुद्धको क्रममा २२ जनाले सहादत प्राप्त कुबिण्डेमा नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेर जनयुद्ध दिवस मनाएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर एवम माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र केन्द्रीय सदस्य माधव सापकोटाको स्वास्थ्य जाँचसहित सुरु भएको शिविर ३ सय भन्दा बढी स्थानीयले सेवा लिए
शिबिरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, छाला तथा हाडजोर्नी सेवा, आँखा, महिलाको बिभिन्न सेवा लगायतमा २ सय ५६ जना महिला र ८४ जना पुरुष गरि जम्मा ३ सय ४० जनाले सेवा पाएका छन् ।
जसमा मधुमेह परिक्षण २ सय ८८ जना, सामान्य चिकित्सा २ सय ७ जना, हाडजोर्नी ७८ जना, भिआईए सेवा ६० जना, क्षयरोग परिक्षण ७३ जना, आँखा परिक्षण ८५ जना, भिडियो एक्सरे ६ जना र दन्त सेवा ३७ जनाले लिएको चौतारा साँगाचोकगढी नगर स्वास्थ्य शाखाका जनस्वाथ्य अधिकृत दिनेश नेपालले बताए ।
त्यस्तै जनयुद्धको अवसरमा युथ चाैताराकाे आयाेजनामा नागरिक अधिकारकाे लागि जनयुद्धको भूमिका बिषयक बक्तृत्व कला प्रतियोगितामा सराेज तामाङ प्रथम, जयन्ती बस्नेत द्दितीय र अनिशा सुनार भए ।