भोलिबाट चौतारामा ३ दिने योग शिविर

Yogaa


चौतारा । भोलि मंगलबारबाट चौतारामा योग शिविर सञ्चालन हुने भएको छ ।
नगर योग समिती चौताराको आयोजनामा हुन लागेको योग शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।
शिविर प्रत्यक विहान ५ बजेबाट ७ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाद्वारा उद्घाटन हुने शिविरमा योग अभ्याससँगै योग सम्बन्धी विभिन्न प्रस्तुतीकरण पनि रहने नगर योग समितिका अध्यक्ष अप्सरा सापकोटाले जानकारी दिनुभयो ।
चौतारा साधना केन्द्रको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको शिविरमा ३०० जनाको सहभागिता रहने योग गुरु किरणमान श्रेष्ठले बताउनुभयो । ईन्डियाबाट आउनु भएकी योग गुरु पुज्य साध्वी देवादिति र ग्रुबेन तौजल्यको प्रमुख प्रशिक्षण रहने शिविरमा सबैको सहभागिताका लागि चैतारा साधना केन्द्रकी सचिव गुणकेशरी श्रेष्ठले अनुरोध गर्नुभयो ।
जिल्ला पतन्जली योग समिति र जिल्ला महिला पतन्जली योग समितिको समेत समन्वय रहेको शिविर श्री कृष्ण माविको प्राङ्गणमा हुने जिल्ला अध्यक्ष नातिबाबु धितालले जानकारी दिनुभयो ।
गरौं योग रहौं निरोग भन्ने मूल नाराका साथ सुरु हुन लागेको शिविरको तयारी अन्तिम चरणमा रहेको नगर योग समितिकी सचिब गोमा श्रेष्ठले जानकारी दिनुभयो ।
बिगत लामो समयदेखि चौतारास्थित सहिद स्मृति भवन गैरीगाउँमा हरेको विहान ५ बजेदेखी योग अभ्यास सञ्चालन हुँदै आएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्