प्रहरीको वृक्षरोपणले हजार सिंढी क्षेत्रमा थप वसन्तको आभास हुने । प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वृक्षरोपण गरेको छ ।६८ औं प्रहरी दिवसको अवसर पारेर सदरमुकाम चौतारास्थित विभिन्न मठमन्दिरमा सरसफाई गर्दै आएको प्रहरीले विहीबार बुद्धपार्क जाने हजार सिंढीको खाली जमिनमा वृक्षरोपण गरेको हो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, एसपी बालनरसिंह राणा, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ रेडक्रस महामन्त्री कमलचरण कक्षपति, नगर महिला सञ्जालकी सल्लाहकार मिना नेपाल, सचिव तारादेवी राना,…
Category: समाचार
कर्साङ र उर्मिलाको अभिनय रहेको ‘तेही देउरालीमा’ बजारमा
कर्साङ र उर्मिलाको अभिनय रहेको ‘तेही देउरालीमा’ बजारमा काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत…
पत्रकार कमला पाख्रिनले पाइन् नगद एक लाखसहित नेजा पत्रकारिता पुरस्कार
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ बाट दुई पत्रकारलाई पुरस्कृत गरेका छन् । नेपाल पत्रकार महासंघ र नेपाल(अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित कार्यक्रममासिन्धुपाल्चोककी कमला पाख्रीन र जुम्लाकी दिलमाया शाहीलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। शाही ‘सन्धान अनलाइन’ र पाख्रीन ‘कान्तिपुर टेलिभिजन’मा सम्बद्ध छन्। नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एक लाख एघार हजार छ । पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का,…
आदिवासी जनजाति महिलाका लागि सुखद बन्न सकेन वैदेशिक आँगन
कुनै बेला रोजगारीको नाममा दरबारभित्र राजा र राणाहरुको धाईआमा र सुसारेबाट सुरु भएको आदिवासी जनजाति महिलाहरुको रोजगार पछिल्लोचरणमा वैदेशिक भूमि बन्न थालेका छन् । उ बेला राज र राणा परिवारको धाईआमा, सुसारे बन्न दरबार छिर्न वाध्य महिलाहरु अहिले भने विदेशी नागरिकहरुको नव धाइआमा र सुसारे बन्न विदेश जान वाध्य छन् । जीवन श्रेष्ठ l सिन्धुपाल्चोक घर सम्हाल्नु नै महिलाहरुको काम हो भन्ने मान्यता थियो कुनै बेला नेपाली समाजमा । महिलाहरुलाई न त शिक्षाका लागि विद्यालय नै पठाइने गथ्र्यो, न त रोजगारीका लागि कतै संलग्न नै गर्ने चलन थियो । पुरुषहरु…
दोलालघाटको आकाशमा रंगिचंगी छाताको दाइँ
दोलालघाट / पर्यटकीय क्षेत्र दोलालघाटको आकाशमा रंगिचंगी छाताले ढाकिएको छ ।आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको हो । रंगीचंगी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको भुम्लु गाउँपालिकाले जनाएको छ ।भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाएको हो । पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए । बिसौनीbisouni.com
इजरायलमा मृत्यु भएको विद्यार्थीप्रति जुगलको श्रद्धाञ्जली
चौतारा । हमासको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको सम्झना र सम्मानमा चौतारास्थित जुगल वोर्डिङ हाई स्कूलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । मंगलबार साँझ मृत आत्मको चीर शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै स्कूलले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य रामबहादुर घले, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ र प्रिन्सिपल ओमप्रकाश उप्रेतिले शोक मन्तव्य राख्नुभयो । सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट इजरायल सरकारको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी गत भदौमा इजरायल…
वडा कार्यालयबाट नै भत्ता वितरण भएपछि जेष्ठ नागरिक खुशी
दशैंको मुखमा बैंकहरुमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकहरुसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सुनकोशी गाउँपालिकाले वृद्धा,एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् । बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धीत वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम…
कार्यसम्पादन मूल्याङ्कनमा त्रिपुरासुन्दरी प्रथम
निर्मल बस्नेत \चौतारा(२०८० असोज २०) स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको कार्यसम्पादन मूल्याङ्कनमा त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भएको छ । १ सय अङ्कमा गरिएको मूल्याङ्कनमा ७९.५अङ्क प्राप्त गरि १२ वटा स्थानीय तहमध्येमा प्रथम भएको हो । प्रथम स्थान हाँसिल गर्न सफल त्रिपुरासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सम्मान गरेको छ ।सम्मानित भएपछि त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले आफू २० बर्ष सिन्धुकै भूमिमा रहेर स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव सुनाए । उनले बिगतको वर्षहरु भन्दा यस बर्ष स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले ऐतिहासिक कदम अगाढी बढाएको तर्क गरे । शाहले सम्मनको वातावरण सिर्जना…
चेतना मातृशिशु सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न
चौतारा । सदरमुकाम चौतारामा रहेको चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले साधारणसभाको उद्घाटन गर्दै सहकारीमार्फत समृद्ध नगरको परिकल्पना साकार गर्न सकिने धारणा राख्नुभयो । समृद्ध नगर निर्माणार्थ सहकारीहरुले बचत र ऋणमा मात्र सीमित नभई उत्पादन र आर्यआर्जनमूलक कार्यका लागि पनि अगाडि बढ्नु पर्ने उहाँको कथन थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य रामबहादुर घले, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, श्री कृष्ण रत्नगंगा माविका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठ,…
बजार अनुगमन तीब्र ! एक मोबाइल पसल सिल !
चौतारा साँगाचोकगढी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । मंगलबार वडा न ९ बाट सुरु गरेको बजार अनुगमनलाई निरन्तरता दिंदैबुधबार पनि सदरमुकाम चैतारामा अनुगमन गरेको हो ।नगर अनुगमन समितिद्वारा बुधबार ४१ वटा पसलकाे अनुगमन गरिएको नगर योजना अधिकृत दुर्गा ढुंगेलले जानकारी दिनुभयो ।उपमेय सीता थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र वडा न ५ को संयुक्त टोलिले गरेको अनुगमनमा एक मोबाइल पसल सिल गरिएको छ । अनुगमनको क्रममा केही सामानहरु मात्र मिति सकिएकाे पाइएको घरेलु तथा…
