मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्यु
शुक्रबार राति ११:४७ मा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ३६ जनाभन्दा बढिको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नालगढ नगरपालिकाकी उपमेयर सरिता सिंह समेत रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।
भूकम्प मापनकेन्द्रका अनुसार जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।