चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरण
चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ का खेलाडीहरुलाई वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले जर्सी हस्तान्तरण गर्नु भएको छ ।

आइतबार वडा अध्यक्ष श्रेष्ठले चौतारा युवा क्लबका १७ खेलाडीलाई जर्सी हस्तान्तरण गर्नु भएको हो ।

मेलचौर युवा जागरण समाजद्वारा आयोजित मालिकादेवी कपको तेस्रो संस्करणमा युवा क्लब आज सहभागि हुँदै छ । मेलचौर दरबारडाँडामा जारी सेभने ए साइड फूटबल प्रतियोगिता हिजोबाट सुरु भएको हो ।

आज दिनको ठीक २ः३० बजे सिंहमति युवा क्लबसँग युवा क्लबको भिडन्त हुने बताइएको छ । त्यस लगत्तै सहिद स्मृति युवा क्लब र रोयल फ्यामेलीबीच दिनको ठीक ४ बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
