मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल
चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।
झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो ।
प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री दुलालको कथन थियो । सहकारी मर्चको अभियान चलिरहेकै बेला उहाँले सहकारी मर्च सहकारी संस्था सवलीकरणका आवश्यक रहेको तर्क दिनुभयो । आपसमा मिल्ने कुरा सबैले स्वीकार गर्नुपर्छ भन्दै मन्त्री दुलालले मर्च हुँदमा खर्च कम हुने मात्र नभई पुँजी र बचत वुद्धि भई सहकारीकै विस्तारमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष रुपक धिताले संस्थाको स्वीकृत शेयर पुँजी रु १ करोड ५० लाख रहेको जानकारी दिंदै आगमी नीति थता कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष जगतप्रसाद चौलागाँइले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
मालिकादेवी सिकाई केन्द्रका अध्यक्ष यज्ञप्रसाद दंगाल, सिद्धि गणेश माविका प्रधानाध्यापक राजकुमार यादव, सुब्बा दुलाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएको कार्यक्रममा उत्कृष्ट कोपिला बचत कर्ता पुजन धिताललाई रु २ हजार नगदसहित पुरस्कृत गरियो भने धनमाया रानामगर, रामजी सापकोटा र सीता नेपाललाई क्रमशः साधरण बचत सम्मान, असल ऋणी सम्मान र सामाजिक सुरक्षा बचत सम्मानले सम्मानित गरियो ।
यस्तै कक्षा १२ र एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल सुजन दुलाल, सिर्जना दुलाल, विवेक लामिछाने, भूवन चौलागाँई, सूर्य दुलाल आयुश्मा दुलाल, विकेश धिताल, आशिष नेपाल, रोसिना घिमिरे, आस्था श्रेष्ठ, सुस्मिता दुलाल पुरस्कृत गरिएको थियो भने रोशिना घिमिरेलाई थप ५ हजारसहित अध्यक्ष धिताले व्यक्तिगतरुपमा पुरस्कार प्रदान गरिएको थियो ।
सचिव कमल दुलालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष रुपक धितालको अध्यक्षतामा भएको थियो ।