प्रतियोगितमा भाग लिनका लागि सिन्धुपाल्चोकको स्थायी बासिन्दा हुनुपर्ने र कर्मचारीको हकमा भने सम्वन्धित कार्यालयको सिफारिसको अनिवार्य आवश्यकक्ता रहेको संघले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।
टेबल टेनिस संघ सिन्धुपाल्चोकले पहिलोपटक चौतारामा जिल्ला स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
कार्तिकको २२ र २३ गते जिल्लाव्यापि टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको संघका अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो ।
अध्यक्ष लामाका अनुसार मेन्स डवल, सिंगल र भेट्रान्स गरि जम्मा तीन विधामा प्रतियोगिता आयोजनाा गरिनेछ । ४० वर्ष उमेर माथिकाले भाग लिन पाउने भेट्रान्स अन्तर्गतको प्रतियोगितामा भने चौतारा साँगाचोकगढी नगरपालिका भित्रका खेलाडीले मात्र भाग लिन पाउनेछन् ।
मेन्स सिंगलतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने मेन्स डवलतर्फ भने प्रथम, द्धितीय र तृतीयले क्रमश ः १२ हजार ६ हजार र ४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।
जिल्लामा टेबल टेनिस खेलकूदको गतिविधि शुन्य भएको र यसको विकास र विस्तार गर्दै सक्षम खेलाडी उत्पादन गर्न गठित टेबल टेनिस संघले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागि हुनका लागि रु सय रुपैया शुल्क लाग्ने संघका सचिव कमलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितमा भाग लिनका लागि सिन्धुपाल्चोकको स्थायी बासिन्दा हुनुपर्ने र कर्मचारीको हकमा भने सम्वन्धित कार्यालयको सिफारिसको अनिवार्य आवश्यकक्ता रहेको संघले जनाएको छ ।