खुला कविता प्रतियोगिता गर्दै नगर महिला सञ्जाल, यसरी पठाउन सकिन्छ कविता

खुला कविता प्रतियोगिता गर्दै नगर महिला सञ्जाल


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका नगर महिला सञ्जालले प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर खुला कविता प्रतियोगिताको आयोजना गर्न लागेको नगर महिला सञ्जालले जनाएको छ।
सञ्जालकी अध्यक्ष जानुका पराजुलीका अनुसार प्रतियोगितात्मक कवित गोष्ठी यही फागुनको २४ गते साँगाचोकमा हुनेछ ।

प्रतियोगितामा महिला पुरुष दुबैले भाग लिन पाउनेछन्। यद्यपि कविता भने महिला सशक्तिकरण, महिला हक हित अधिकार, लैङ्गिक हिंसा, सामाजिक विकृति, विसंगति,गलत संस्कार विरुद्ध र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं त्यसको महत्व लगायतका विषयमा लेखेको हुनुपर्नेछ।

फागुन २२ गते भित्र सर्जकहरुले janu2043@gmail.com मा आफ्ना कविता पठाउन हुन पनि अध्यक्ष पराजुली अनुरोध गर्नुभएको छ ।

सहभागि हुन चाहनेहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
१ जानुका पराजुली 9863697523– नगर महिला सञ्जाल अध्यक्ष
२ रिना श्रेष्ठ 9843572020 – उपाध्यक्ष
३ चमेली श्रेष्ठ 9861814391– उपाध्यक्ष
४ सरस्वती थापा 9843428205 – उपाध्यक्ष
५ तारादेवी राना9861535920 – सचिव
६ अस्मिता लामा 9841911987 – सह-सचिव
७ मिना थापा 9851133974 – कोषाध्यक्ष
कार्यक्रम हुने स्थान ः चौतारा साँगाचोकगढी न.पा वाड नं १२ जुगल बहुमुखी क्याम्पस प्राङ्गण

सिफारिस

प्रतिकृया दिनुहोस्