
निर्मल बस्नेत
चौतारा । त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ ।

बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ ।

उनिहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गरेकी हुन् । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ । कार्यक्रमका प्रमुख आतिथी नगर उपप्रमुख सीता थापाले दिक्षान्त समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन सन्तोषजनक अवस्था रहेको तर्क गरेकी छिन् ।

वरपरको सामुदायिक बिद्यालयले पनि जुगलबाट केहि सिकेर कार्यन्वयन गर्नुपर्छ भन्ने उनको तर्क रहेको थियो । उनले भनेकी छिन् “वर्तमान् पाठ्यक्रम र पाठ्भार बिद्यार्थीहरुको लागि बोझ भएकोले सरल र बोध गर्न सक्ने पाठ्यक्रम निर्माण गर्नु अहिलेको आवश्यकता हो ।” त्यसैले आगामी बर्ष निर्माण हुने पाठ्क्रम परिवर्तनमा सवैको ध्यान रहनुपर्नेमा जोड दिएकी थिइन् ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथी बिद्यालय क्षेत्र वडा नम्बर ५ का वडाध्यक्ष सिब श्रेष्ठले बिद्यार्थीहरुमा प्रबिधिप्रतिको चासो र त्यसबाट ज्ञान लिने कुरा सकारात्मक हुँदाहुदै पनि सामाजिक सञ्जालको दुरुपयोगले बिद्यार्थीहरुमा नकारात्मक असर पर्दै गईरहेको कुरा उल्लेख गर्दै त्यसमा अभिभावकले बिशेष ध्यान दिएर सभ्य र अनुशाशित बनाउन लागि पर्न आग्रह गरेका छन् ।

कार्यक्रमका सभाध्यक्ष एवं बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रेतीले सिकाई निरन्तर र नियमित चलिरहने प्रकृया भएकोले चौतारामा आफूले झण्डै ११/१२ बर्ष सम्म धेरै सिकाई र अनुभव हासिल गरेको बताए ।

उप्रतीले कठिन परिबेश र साँघुरो भौतिक अवस्थाको बिच आफुले जिम्मेवारी लिएको स्मरण गरेका थिए । २०७२ सालको बिनाशकारी भूकम्प र त्यसपछिको कोरोनाको महामारीका बिच पनि कतै बिचलित नभई बिद्यालय र शिक्षाको श्रीबृतिको लागि आफु अहोरात्र लागिपरेको बताए । हालको गुणस्तर बृद्धि र अवस्था परिवर्तमा बिद्यालयमा कार्यरत २८ जना शिक्षक शिक्षीकाको योगदान रहेको भन्दै कर्मचारीहरुको मुक्तकण्ठले प्रशंशा गरेका थिए ।

उप्रतीले बिद्यायलका संस्थापक जयन्द्र श्रेष्ठ र ईश्वरीमान श्रेष्ठको योगदानको चर्चा गरेका थिए । अन्त्यमा उनले भनेका छन् “भोली आफु यस ठाउँमा रहुला नरहुँला तर जुगल बोर्डिङ भने रहिरहनुपर्छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी कार्यपालिका सदस्य सानुमाया गुरुङ, वडा नम्बर ५ का वडा सदस्य रामबहादुर घले र कोमलबहादुर श्रेष्ठ , प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सुन्दर शिरिष र खुलापाना डटकमका सम्पादक बिजय नेपालले एलकजी,नर्सरीका बिद्यार्थीहरुलाई बिद्यालयले उपलब्ध गराएको मायाको चिनो समेत बितरण गरेका थिए ।

बिद्यालयका शिक्षक दिपक उप्रेतीको सुबोध र आकर्षक उद्घोषण र बिद्याथीहरुको रमाइलो नृत्यका बिच सम्पन्न कार्यक्रममा सहभागि अतिथीहरुलाई बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रतीले मायाको चिनो प्रदान गरेका थिए ।

१७ गते बिहिबार हुने ३४ औँ बार्षिकोत्सवको मूल समारोह कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ख्यातीप्राप्त हास्य कलाकार जीतु नेपाल र बिद्यार्थीहरुको बिविध साँस्कृतिक प्रस्तुतीकासाथ सुसम्पन्न हुने प्रीन्सीपल ओमप्रकाश उप्रतीले जानकारी दिए ।

