चौतारा स्पोर्टिङ क्लब नगर माविस्तरिय फूटबल प्रतियोगिता माघ १८ गतेबाट

चौतारा स्पोर्टिङ क्लब नगर माविस्तरिय फूटबल प्रतियोगिता माघ १८ गतेबाट


चौतारा । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा दोस्रो नगरस्तरिय अन्तर मावि सेभेन ए साइड फूटबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित टुँडिखेलमा हुने प्रतियोगिता यही माघ १८ गतेदेखि २० गतेसम्म तीन दिन सञ्चालन हुने आयोजक चौतारा स्पोर्टिङ क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजारसहित शिल्ड र द्धितीय हुने टीमलाई नगद रु २० हजारसहित शिल्ड प्रदान गरिनेछ । क्लबका सचिव राकेश रानाका अनुसार टिम दर्ताका लागि रु दुई हजार लाग्ने छ भने टिम दर्ताको समयावधि माघ १६ गतेसम्म मात्र रहेको छ । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका र नगर खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो ।

त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, उच्च गोलकर्ता र स्टाइकर लगायतलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्