कृष्ण मन्दिर संरक्षणका लागि चेलीबेटीद्वारा आर्थिक सहयोग प्रदान

कृष्ण मन्दिर संरक्षणका लागि चेलीबेटीद्वारा आर्थिक सहयोग प्रदान

मन्दिर संरक्षण र सम्वद्र्धनका लागि सरकारी मुख ताक्नुभन्दा पनि गच्छे अनुसारको सहयोग संकलन गरेर अक्षयकोष स्थापना गरेको र सो अक्षयकोषमा सहयोग आउने क्रम जारी रहेको छ


चौतारा । २०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण भएपछि मन्दिर संरक्षणका लागि सहयोग जुट्न थालेको छ ।


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ पुरानो बजारस्थित ११५ वर्ष पुरानो कृष्णमन्दिर पुनर्निर्माणभएपछि मन्दिर संरक्षणका लागि शनिबार चौताराका चेलिबेटीहरुले रु ३२ हजार नगद सहयोग उपलव्ध गराइएका हुन् ।


चौतारा पुरानो बजार चेलीबेटी समूह काठमाण्डौंका अध्यक्ष रजियादेवी श्रेष्ठले श्री कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश कसजूलाई आज नगद रकम हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा अध्यक्ष श्रेष्ठले माइतीको माटोलाई सम्झँदै सहयोग उपलव्ध गराउन पाउँदा आफूहरुलाई खुशी लागेको बताउनुभयो ।


श्रेष्ठका साथ सदस्यहरु सारदा श्रेष्ठ , रुकुमणी श्रेष्ठ र शान्ता श्रेष्ठ लगायतका चेलिबेटीहरुको हस्तान्तरण कार्यक्रममा सहभागिता रहेका थिए ।


मन्दिर संरक्षण र सम्वद्र्धनका लागि सरकारी मुख ताक्नुभन्दा पनि गच्छे अनुसारको सहयोग संकलन गरेर अक्षयकोष स्थापना गरेको र सो अक्षयकोषमा सहयोग आउने क्रम जारी रहेको अध्यक्ष कसजूले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्