३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

निर्मल बस्नेत

चौतारा (२०८० फागुन १७) सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ हाईस्कुल चौताराको ३४ औँ बार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शिक्षामा नगरपालिकाको भार कम गर्न जुगल बोर्डिङ हाईस्कुल चौताराले सघाउ पुर्याएको बताएका छन् ।

नगरप्रमुख सापकोटाले शिक्षा , साहित्य र कलामा योगदान गर्नेहरुलाई सम्म्मान गरेर जुगलले छुट्टै आदर्श निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । शिक्षा आर्जनको लागि बिद्यार्थीहरुसंगै अभिभावकहरुलाई पनि डोहोर्याएको दृश्य देखेर नगरप्रमुख हर्सित भएका थिए । नगरप्रमुख भन्छन् “ अन्य सामुदायिक बिद्यालयमा अभिभावकहरुको सहभागिता न्यून हुने गरेको छ, त्यसमा पनि चासो र निगरानी पनि नहुने पाएको छु ।” जुगलको कार्यक्रममा भने अभिभावकहरुले समेत चासो देखाएकोमा खुसी प्रकट गर्दै उपस्थित अभिभावकहरुलाई धन्यबाद व्यक्त गरेका छन् ।

कार्यक्रममा चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रेको हास्यव्यङ्गात्मक प्रस्तुतीले छुट्टै रौनकता छाएको थियो । उनले बर्तमान शिक्षा, सामाजिक गतिविधि,देशको हालको अवस्थाको बिषयमा केन्द्रित रहेर आफ्नो प्रस्तुतीमार्फत चोटिलो प्रहार गरेका थिए । साथै उनले बर्तमान सन्दर्भमा आत्मनिर्भर र गुुुणस्तरयुक्त शिक्षा प्रदान गर्न सवैले जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा २०६१ र ०६२ सालमा एसएलसी परिक्षामा जुगल बोर्डिङबाट सामेल भई उत्तिर्ण गर्नेहरुलाई सम्झनास्वरुप मायाको चिनोबाट सम्मान गरेकोे छ । यसरी सम्मनित हुनेहरुमा कल्पना नेपाल, बिकाश काफ्ले, राजेन्द्र कटुवाल, शान्ति गौतम, प्रमिला न्यौपाने, सोभानी श्रेष्ठ, प्रकाश पुरी, सबिना श्रेष्ठ, सुजता श्रेष्ठ, दिपक पुरी, सुमन सिं बस्न्यात, बिष्णु खत्री र राजकुमार खत्रीलाई उनिहरुको नाम उल्लेख गरिएको मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

बिद्यालयको बार्षिकोत्सवको पूर्वसंन्यामा आयोजित नगरस्तरीय हाजीरीजवाफ प्रतियोगितामा प्रथम हुने गोल्मादेबी माध्यमिक बिद्यालय कदमबास, दास्रो हुने ईर्खु माध्यमिक बिद्यालय इर्खु र तेस्रो हासिल गर्ने कालिकादेबी माभ्यमिक बिद्यालय देउरालीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै जुगल साहित्य सम्मान २०८० बाट साहित्यकार डम्बर रशिक भारती, जुगल कला सम्मानबाट हास्यकलाकार जीतु नेपाल मुन्द्रे र शिक्षा सम्मानबाट जमुना दंगाल घोरासाइनीलाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो । समनित हुनेहरु भारती सिन्धुपाल्चोक जिल्लाका ख्यातीप्रात्त साहित्यकार तथा पत्रकार हुन, मुन्द्रे हाँस्यव्यङग्य क्षेत्रका चर्चित प्रभावशाली कलाकार हुन् भने जमुना दंगाल घोरासाइनी आफुले राज्यबाट प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताबाट विद्यालयका लागि अक्षयकोष स्थापना गर्ने समाजसेवी हुन् ।

यो सम्मान बिगत केहि बर्ष अघिदेखी निरन्तर रुपमा फरक फरक व्यक्तिहरुलाई प्रदान गरिदै आएको बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रेतीले बताए । बिद्यालयबाट गरिएको उक्त सम्मान र पुरस्कार वितरण चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । कार्यक्रममा बिविध क्षेत्रका गन्यमान्य र प्रभुत्व व्यक्ति व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो

उनिहरुले बिद्यालयको उन्नयनको लागि शुभकामना प्रदान गरेका थिए । छिमेकी बिद्यालयक शिक्षकहरु, सोही बिद्यालयका शिक्षक, बिद्यार्थी,अभिभावकहरुको उल्लेख्य सहभागिताको बिच बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष आर. बी. कटुवालको सभाअध्यक्षतामा भएको कार्यक्रम विद्यालयको शिक्षक दिपक उप्रेतीको आकर्षक उद्घोषण र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु र शिक्षिकाहरुको रोचक गीत नृत्य र सन्देशमुलक नाटक प्रस्तुतीका साथ मनोरञ्जनपूर्ण रुपले सम्पन्न भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्